सभामुख महरालाई एक लाख धरौटीमा छोड्न आदेश

काठमाडौं, १९ जेठ
पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ । भ्रष्टाचार मुद्दामा महरालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी कृष्णबहादुर महराबाट नगद धरौटी एक लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत लिई उनलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू,’ आदेशमा भनिएको छ । भेपमार्फत सुन तस्करी प्रकरणमा महरामाथि अनुसन्धान भइरहेको छ ।






