हिमामा तेस्रो पढाइ मेला:शैक्षिक प्रतिस्पर्धामा नेत्रज्याेति मावि ओदि प्रथम

गाेल्डेन बुढा
जुम्ला,१५ असार।
जुम्लाको हिमा गाउँपालिका तेस्रो पढाइ मेला सकिएको छ।मेला २ दिनसम्म चलेको थियोे। गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय पढाइ मेला शनिबार सकिएको हो।हिमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न प्रत्येक वर्ष पढाइ मेलाको आयोजना गरिरहेको छ।पढाइ मेलामा विद्यार्थीहरूबीच विभिन्न शैक्षिक प्रतिस्पर्धा भएको थियो।विभिन्न शैक्षिक प्रतियोगिताबाट उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई उच्चस्तरीय पुरस्कार उपलब्ध गराइएको छ।

मेलाकाे माध्यमिक विद्यालयस्तरीय शैक्षिक प्रतिस्पर्धामा प्रथम हुने विद्यालय नेत्रज्योति माध्यमिक विद्यालयलाई गाउँपालिकाले प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिइएको छ।उक्त विद्यालय पाँच वटा विद्या प्रथम भएको थियोे।भने एक विधामा तृतीय भएको छ।मावि स्टल प्रदर्शन,मावि हाजिरीजवाफ,आधारभूत कम्प्युटर टाइपिङ, चित्रकला, नेपाली हस्तलेखन, र मावि वक्तृत्वकलामा तृतीय भएको थियोे।त्यस्तै, आधारभूत विद्यालयतर्फ भएको गाउँपालिका स्तरीय शैक्षिक प्रतिस्पर्धामा प्रथम हुने रुपाकाेट आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ गाउँपालिकाले सहयोग गरेेकाे छ। मेलाले शैक्षिक क्षेत्रमा नवप्रवर्तन, विद्यार्थीहरूको प्रतिभा र सीपको प्रदर्शन, तथा सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गर्ने उद्देश्य हो।
उक्त मेलामा गाउँपालिकाभित्रका २३ वटा विद्यालयका सहभागी थिए।तेस्रो पढाइ मेला हिमा गाउँपालिकाको-१ देयार गाउँको विद्यालयमा गरिएको थियोे। विद्यार्थीहरुकाे सामग्रीको प्रदर्शनी, विद्यार्थीहरूको सिर्जनशील प्रस्तुति हेरिएको छ। पढाइ मेला आयोजनाको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्नु, विद्यार्थीहरूको दबिएका प्रतिभाहरूलाई उजागर गर्नु, र शिक्षालाई व्यवहारिक सीपसँग जोडेर विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई जिम्मेवार बनाउनु हो।जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मेलाले “हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा सिर्जनात्मक र नयाँ कामको थालनी गरेको बताए।शिक्षालाई व्यवहारिक सीपसँग जोडेर विद्यार्थी, शिक्षक र अभिभावकलाई जिम्मेवार बनाउने यो पहलले आगामी दिनमा पनि निरन्तरता पाउने अपेक्षा छ।”दुर्गम क्षेत्रका विद्यालयहरूमा शैक्षिक अवस्था खस्कँदो रहेको गुनासो सुनिन्छ। आचार्यले भने , “पढाइ मेलाले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने सन्देश फैलाएको छ।

विद्यालयहरूले आ-आफ्ना शैक्षिक गतिविधिहरू प्रस्तुत गरेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए। उनका अनुसार विद्यार्थीहरूले बनाएका शैक्षिक सामग्रीहरूको प्रदर्शनी मेलाको मुख्य आकर्षण हो।“यी सामग्रीहरूमा स्थानीय स्रोत-साधनको उपयोग गरी बनाइएका कृषि सामग्री, हस्तकला, चित्रकला, कथा, कविता, निबन्ध, गीत र अन्य सिर्जनशील कार्यहरू समावेश गरिएका थिए,” उनले भने, “यी प्रदर्शनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता र सीपलाई उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास बढाउन पनि सहयोग पुर्याएको छ।”यता गाउँपालिकाकि उपाध्यक्ष सुर्पुना शाहीले भनिन्, “यो मेला विद्यार्थीहरूको ज्ञान, सीप र प्रतिभा उजागर गर्ने अवसर हो। दबिएका प्रतिभाहरूलाई पहिचान गर्ने र उनीहरूलाई प्रोत्साहन प्रदान गर्ने उपयुक्त थलो बनेको छ।”मेलामा राखिएका स्टलहरूमा विद्यार्थीहरूले बनाएका विभिन्न सामग्रीहरूले स्थानीय संस्कृति, परम्परा र आधुनिक शिक्षाको संयोजनलाई झल्काएका थिए।

मेलाले सामुदायिक विद्यालयहरूको शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउने छ।हामीले शिक्षलाई जीवन उपयोगी बनाउन र विद्यार्थीहरूलाई सीपमूलक बनाउन यो मेला आयोजना गरेका हौं।”शाहीले भनिन् ।पढाइ मेलामा गाउँपालिकाभरका अभिभावक, शिक्षक तथा विद्यार्थीसहित जिल्लास्थित सरोकारवालाहरू गरी करिब दुई हजारभन्दा बढीले मेलाको अवलोकन गरेका थिए।
निजी विद्यालयप्रतिको आकर्षण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन पढाइ मेला आयोजना गरिएको आयोजकले बताएका छन् ।गतवर्ष हिमा गाउँपालिका–२ काइरेलीस्थित हिमा आधारभूत विद्यालयमा आयोजित पढाइ मेला भएको थियोे।






