सर्वोच्च अदालतले दिएन कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश


काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सरकारले आफूलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट अपमानजनक र अन्यायपूर्ण तरिकाले हटाएको भन्दै बिहीबार घिसिङले अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले घिसिङलाई हटाएर सोमबार नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो ।

सर्वोच्च अदालतले दिएन कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

सर्वोच्च अदालतले दिएन कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *