भूपेन्द्र सुवेदीको तेस्रो कृति ‘भूपेन्द्र सुवेदीका कविता’सहित तीन कविता सङ्ग्रह एकैसाथ लोकार्पण

बाँके ,१३ पुस।

बाँके जिल्ला कोहलपुर १२ चपरगौडी निवासी भूपेन्द्र सुवेदीको तेस्रो कृति ‘भूपेन्द्र सुवेदीका कविता’सहित तीन वटा कविता सङ्ग्रह पौष १२ गते शनिबार एक समारोहबीच बिमोचन तथा कार्यक्रमिक समीक्षा गरिएको छ ।


२०७६ सालमा स्थापित लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, बाँके जिल्ला समितिको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष भरत बहादुर रानाभाटको ‘ढुकढुकीमा देश’, उपाध्यक्ष चन्द्रावती अधिकारीको ‘चन्द्रार्घ्य’ र भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविता’ एकैसाथ सार्वजनिक गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्व अध्यक्ष प्रमुख अतिथि प्रा. डा. कृष्ण प्रसाद घिमिरेले तीन वटै कृतिको संयुक्त रूपमा विमोचन गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पूर्व क्याम्पस प्रमुख प्रा. डा. गोपाल शर्मा अधिकारीले दुई वटा छन्द कविता सङ्ग्रह र एउटा गद्य कविता सङ्ग्रह सार्वजनिक हुनु बाँकेको साहित्यिक इतिहासमा नयाँ आयाम थपिनु भएको बताउनुभयो ।
कार्यक्रममा लेखक भूपेन्द्र सुवेदीले ‘आदर्श चिन्तन’ र ‘छरिएका मोतिहरु’ प्रकाशनपछि आएको यो तेस्रो कृति रहेको उल्लेख गर्दै आफ्ना कविताहरू समाज, समय र चेतनासँग जोडिएका अनुभूतिको अभिव्यक्ति भएको बताउनुभयो । “कविता मेरो आत्मस्वर हो, यसमार्फत समाजको पीडा, आशा र परिवर्तनको चाहना बोल्ने प्रयास गरेको छु,” उहाँले भन्नुभयो ।


संस्थाका सभाध्यक्ष भरत बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक तथा समालोचक डा. राजकुमार थारूले ‘ढुकढुकीमा देश’ कृतिको समीचिन समीक्षा गर्नुभएको थियो । यसैगरी बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक डा. पुष्कर रिजालले भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविता’ माथि समीक्षा गर्नुभएको थियो ।
प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक डा. हरि तिमिल्सिनाले चन्द्रावती अधिकारीको *‘चन्द्रार्घ्य’*सहित तीन वटै कृतिको समग्र समीक्षा गर्दै कृतिहरूमा देश, युगीन चेतना र आशावादी जीवनवादी दृष्टिकोण स्पष्ट रूपमा अभिव्यक्त भएको बताउनुभयो । उहाँले समाजसुधार, भ्रष्टाचारको अन्त्य र देशभक्तिको भावना कविताका मूल स्वर बनेको उल्लेख गर्नुभयो ।


प्रमुख अतिथि प्रा. डा. कृष्ण प्रसाद घिमिरेले एकै साथ तीन कृति सार्वजनिक हुनु बाँकेको साहित्यिक माटो उर्वर र सिर्जनशील रहेको प्रमाण भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्की, नरेन्द्र जङ पिटर, खगेन्द्र कोपिला तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम बहादुर रानाभाट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव करिस्मा योगीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रावती अधिकारीले राख्नुभएको थियो ।

भूपेन्द्र सुवेदीको तेस्रो कृति ‘भूपेन्द्र सुवेदीका कविता’सहित तीन कविता सङ्ग्रह एकैसाथ लोकार्पण

सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध

भूपेन्द्र सुवेदीको तेस्रो कृति ‘भूपेन्द्र सुवेदीका कविता’सहित तीन कविता सङ्ग्रह एकैसाथ लोकार्पण

सहरमा बढ्दै बाजुराको अर्गानिक कोदोको माग, किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *