घुयँत्राे: “भ्रष्टाचारको खेती गर्ने नेताले फेरि चुनावमा मल झार्दै”

दलीय नेता,कार्यकर्ता,कर्मचारी र बेचाैलिया,दलालहरु मिलेर देशाँ भकाे भष्टाचारले सीमा नाघ्याे अब भष्टाचारकाे अन्त्य हुनुपर्याे भनेर युवाहरुले आन्दोलन गरे आन्दाेलनमा ७३ जनाकाे ज्यान मात्रै गएनकि निर्अप्राधि र निस्कलंकित मान्छेहरु समेत घरवार विहिन भएर सडककाे बासमा पुगे । कैयौंकाे राेजगारी गुम्याे ।तर् ४८ देखि ८२ सम्म पटकपटक सत्तामा बस्ने र भष्टाचार र बेथितिलाई मलजल गर्ने नत देउवा न प्रचण्ड न आर्जु कसैले पनि ऐलेसम्म पनि भष्टाचार भए गरेकाे स्विकार गरेका छैनन । तत्कनलिन अबस्थामा बसेका ओलिले त झन आँफै प्रधानमन्त्री हुँदा पुलिसले गाेलि हानेर मारेका ७३ जना युवाहरुकाे मृत्युकाे जिम्मेवारी नै लिन मानेका छैनन । उनी र उनका झाेलेहरु त झन विषय वा प्रसंगलाई अन्यत्रै माेडेर ” ओलिले राष्ट्रियताकाे अडान लिएर चुच्चे नक्सा बनाउँदा त्यसकाे विरुध्दमा भदाै २३/२४ काे घटना घटेकाे ” भनेर त्यत्राे विघ्न विध्वंसकाे जिम्मेवारी ओलि सरकारले लिन नपर्ने बताई रहेका छन । उनिहरुकाे अडान भारत र चिनले नेपाली भूमि च्यापेर सडक बनाएकाे कुरा चिनियाँ प्रधानमन्त्री शीत राखे र प्रधानमन्त्री ओलिले उक्त वमिन नेपालकाे भएकाे र नेपाललाई नसाेधि किन बाटो बनाईयाे भन्ने अडान राखेकै कारण ओलिलाई सत्ताच्युत गरिएकाे तर्क एमालेहरकाेछ ।तर जेनजीहरुकाे माग भष्टाचारकाे अन्त्य, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अनि शासन सत्ता दाेश्राे पुस्ताकाे हातमा आउनु पर्ने भन्ने थियाे र उनिहरु ऐले पनि त्यै अडानमा छन तर नेपालमा शासन गरेर भष्टाचारकाे खाेलाे बगाएका पाटिका नेता,शेरबहादुर, आरजु, प्रचण्ड ,माधव नेपाल, उपेन्द्र यादब जस्ता नेता र यिनिहरुकै सँगमा लागेर राष्ट्रसेबक कर्मचारी , न्यायाधीश , ठेकेदार, नेताले नियुक्त गरेका राज्य संयन्त्रका विभिन्न निकायका प्रमुख तथा सहयाेगीका रुपमा नियुक्त व्यक्ति कार्यकर्ताहरुलाई तत्काल पक्राउ र कार्बाहिकाे माग राख्दै आन्दोलन गरिएकाेमा आन्दोलन सकिएकाे दुई साता बिति सक्दा समेत सत्तासिन नेता देउबा ,ओलि,माधव , प्रचण्ड,उपेन्द्र कसैले पनि नेतृत्व हस्तान्तरणकाे कुरा नस्विकारेकाे देख्दा यी नेताहरु सुध्रिने संकेत कतै देखिदैन ।
उनिहरु त अँझै पनि फागुन २१ मन लाजै नमानेर चुनाबमा भाग लिने जस्तो देखिँदैछ । यदि याे पैलाे पुस्ताले नेतृत्व छाेडेन भने आन्दोलन फेरि चर्किन सक्छ । अनि २३/२४ काे आन्दोलन जिम्मेवारी ओलिलाई स्विकार्न कर लाग्ने छ भने त्यसपछिकाे आन्दोलन चर्किनुकाे कारण,चाहिँ देउबा, आरजु, माधब प्रचण्ड ठहर हुनेछन । देशमा यति धेरै संख्यामा भएकाे धनजनकाे क्षेतिलाई सामान्यरुपमा लिएर दलकाका नेता कार्यकर्ता जसरि प्रस्तुत भै रहेका छन यसले अनिष्टता निम्त्याउँदैन भन्ने कुराकाे ग्यारेन्टि छैन । अत्यन्त कमजाेर रहेकाे नेपालकाे सुरक्षा ब्यवस्थालाई हेर्दा अब त सामान्य जनताले हिजाेकाेजस्तै विध्वंसलाई थेग्न पनि सक्नेछैनन । त्यसैले नेपालका ठूला दलका नेताहरुले जति सक्याे छिटाे नेतृत्व छाेडेकाे घाेषणा गर्नु पर्दछ भने वर्तमान सरकारले पनि देाषिहरुलाई तत्काल पक्राउ गरि आन्दोलनकाे भावना र मर्मलाई आत्सात् गर्दै अघि बढनु पर्छ । ऐले देश र जनताले ब्यहाेरेकाे क्षति सामान्य छैन । सकेसम्म आन्दोलनबाट सम्पति गुमाउने निजि क्षेत्रलाई समेत परिपुरण गर्ने नीति लिने र ताेडफाेड र आगजनिमा संलग्न ब्यक्तिहरुलाई समेत तत्काल पक्राउ गरि उनिहरुकाे सम्पतिबाट असुल उपर गरि बाँकि सजाय दिलाउनतिर सरकार कटिबद्ध भएर लाग्न सक्याे भने जनता सरकारप्रति विश्वस्त रहन सक्दछन ।
जेनजी आन्दोलन पछि जनता अत्यन्त त्रसित र असुरक्षित भएकाे महसुस गरि रहेका छन ।त्यसैले सरकारले सबैभन्दा ठूलाे जिम्मेवारी जनताकाे सुरक्षा हाे भन्ने बुझेर बाँकि आन्दोलनले तय गरेका मुद्दाहरुकाे छिनाेफानाे गर्न सकियाे भने पक्कै पनि देश अगाडि बढनेछ ।






