सुर्खेत सिम्ता गाउँपालिकाले ल्यायो ६१ करोड ७५ लाखकाे वजेट

दुर्गा विसि
सुर्खेत ,१० असार।
सिम्ता गाउँपालिका सुर्खेतले सम्वृद्द सिम्ता सुखि सितालिकाे दीर्घकालीन साेच कार्यक्रमलाई कार्यनयन गर्न वजेट केन्द्रित रहेको जनाएकाे छ ।१७ गाउँ सभामा ६१ करोड ७५ लाख १९ हजारकाे वरारकाे वजेट पेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन सभामा उपाध्यक्ष गोमा शर्मा ( रेग्मी )ले प्रस्तुत गर्नुभएको जम्मा अनुमानित बजेट ६१ करोड ७५ लाख १९ हजार रहेको छ । चालू तर्फ २७ करोड ६४ लाख र पुँजिगत तर्फ ३ करोड २८,वितिय सामानिकरण तर्फ १० करोड ६१ लाख,राजश्व बाँडफाँड १० करोड ८२ लाख,विशेष अनुदान तर्फबाट १ करोड,समपुरक तर्फ ७० लाख, पालिकाकाे अनुमानित राजश्व १ करोड,बाँकी मौज्दात २ करोड ९४ लाख,प्रदेश सरकारकाे ३ करोड ७४ लाख रुपैयाँ वरावरकाे वजेट सभामा पेश गरिएको छ ।
सभामा विभिन्न विषयगत समितिका संयोजकहरुले आ आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रमको संचालन सभाका सचीव एवम् प्रमुख प्रशासकीय अधिकृत जगत वहादुर घर्तीले गर्नुभएको थियो ।
सिम्ता गाउँपालिकाले आगामी वर्षकाे भन्दा याे वजेट कृषि,राेजगारि,शिक्षा,स्वास्थ्य,अशिक्षा पछौटे पना गरिबी उन्मुल तथा न्युनिकरण, पर्यटनर पुर्वाधारलाई वढि महत्त्व दिएको छ । आगामी नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि सिम्ताले ६१ करोड ७५ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।दफावार छलफल पछि वजेट अर्को सभाबाट पास हुने जनाएको छ ।






