नरैनापुर गाउँसभाबाट ५१ करोडको बजेट पारित, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई उच्च प्राथमिकता

बाँके,१० असार।

बाँकेको नरैनापुर गाउँपालिकाको १८औं गाउँसभा सोमबार सम्पन्न भएको छ। सभामा गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने वडा नं ६ का अध्यक्ष प्रेम मौर्यले ५१ करोड ६३ लाख ३८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार र पशुपालनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ। ‘कृषि उपज बजारसम्म–मुनाफा किसानको खल्तिसम्म’ भन्ने नारासहित कृषि पकेट क्षेत्र विकास, किसान सूचिकरण, जैविक खेती तथा रैथाने बाली संरक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

शिक्षा क्षेत्रमा ‘शिक्षा विशेष’ कार्यक्रमलाई निरन्तरता दिँदै प्रविधिमैत्री र व्यवहारिक शिक्षामा जोड दिइनेछ। साथै, दलित, विपन्न, द्वन्द्वपीडित तथा असहाय विद्यार्थीहरूलाई पोसाक र शैक्षिक सामग्री वितरण गरिनेछ।

स्वास्थ्यतर्फ किशोरी, सुत्केरी र पोषण केन्द्रित कार्यक्रम लागू गरिने र १५ शैयाको अस्पताललाई दक्ष जनशक्तिसहित सञ्चालन गरिनेछ। पर्यटन प्रवर्द्धनका लागि सन्तानेश्वर र बर्फानी बाबालाई सदरमुकामसँग जोड्ने कार्य अघि बढाइने बताइएको छ।

पालिकाको आफ्नै भवन समयमै निर्माण सम्पन्न गर्न पहल गरिनेछ भने पशुपालन क्षेत्रबाट आत्मनिर्भरता हासिल गर्ने र दूध विकास संस्थान स्थापना गरी किसानलाई प्रोत्साहन गरिने योजना समेत बजेटमा समावेश गरिएको छ।

सभाको सञ्चालन सहायक प्रशासकीय अधिकृत भरत महतोले गर्नुभएको थियो भने उपाध्यक्षबाहेक सबै सदस्यहरूको उपस्थिति रहेको थियो।

 

नरैनापुर गाउँसभाबाट ५१ करोडको बजेट पारित, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई उच्च प्राथमिकता

नेपालगन्ज उपमहानगरपालिकाको १ अर्ब ६४ करोडको बजेट

नरैनापुर गाउँसभाबाट ५१ करोडको बजेट पारित, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई उच्च प्राथमिकता

सुर्खेत सिम्ता गाउँपालिकाले ल्यायो ६१ करोड ७५

Leave a comment

Your email address will not be published. Required fields are marked *