डुडुवा गाउँपालिकाले प्रस्तुत गर्‍यो ५६ करोडको बजेट, कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

बाँके,१० असार।

बाँके जिल्लाको डुडुवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १८औं गाउँसभामा दुई वटा विधेयकसहित कुल ५६ करोड १६ लाख ८ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।

सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, स्वरोजगार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सूचना–सञ्चार, लघु उद्यम विकास, पूर्वाधार निर्माण, संस्थागत सुधार लगायतका क्षेत्रमा केन्द्रित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ।

गाउँपालिकाले कृषि क्षेत्रमा विउ प्रशोधन केन्द्र, कोल्ड स्टोर सञ्चालन, किसानलाई कृषि औजार र यन्त्र वितरण, खाद्यान्न बिउ उत्पादन तथा कृषि घुम्ती हाटबजार स्थापना जस्ता कार्यक्रम अघि बढाउनेछ। पशुपालनमा घर–घरमा उपचार सेवा, नश्ल सुधारका लागि कृत्रिम गर्भाधान, महामारी रोग नियन्त्रण तथा बोका वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।

स्वास्थ्य क्षेत्रमा ल्याब विस्तार, वरिष्ठ नागरिक र महिलाका लागि विशेष सेवा, घर–घरमा स्वास्थ्य परीक्षण, प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति, २४ घण्टा आकस्मिक सेवा सञ्चालन, निःशुल्क स्वास्थ्य बीमा विस्तार जस्ता कार्यक्रम समावेश छन्।

शिक्षामा कन्या मुद्धती योजना, छात्रालाई साइकल वितरण, लोकसेवा तयारी कक्षा, विद्यालय सुधार योजना, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा रामनगर पाझामा कृषि क्याम्पस स्थापनाको तयारी गरिने छ।

सूचना तथा सञ्चार क्षेत्रमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिई आमसञ्चार नीति निर्माण गरिनेछ। पत्रकार विकास र क्षमता अभिवृद्धि कार्यक्रम तथा पुस्तक प्रकाशनको व्यवस्था गरिनेछ।

संस्थागत विकासतर्फ धार्मिक स्थलको पूर्वाधार, सिसीटिभी निगरानी, अपाङ्गता भएका व्यक्तिको भत्ता, सुकुमबासी लगत संकलन, पर्यटन प्रवर्द्धन, फुसको छाना विस्थापन, गृहणी स्वास्थ्य प्याकेज तथा स्थानीय भाषामा कानुनी जानकारी पुस्तिका प्रकाशन जस्ता कार्यक्रम समावेश छन्।

गाउँपालिकाले वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि जैविक तटबन्ध निर्माण, वृक्षारोपण र सरसफाइ अभियानलाई प्राथमिकता दिएको छ। साथै, सिपमूलक तालिममार्फत लघु उद्यम प्रवर्द्धन र विद्यालयस्तरको जूडो प्रतियोगितामार्फत खेलकुद विकास गर्ने योजना सार्वजनिक गरिएको छ।

सभामा वडाध्यक्ष दुर्गाप्रसाद बर्माले आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो भने सभाको सञ्चालन गाउँसभा सचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम चौधरीले गर्नुभएको थियो। गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको उपस्थिति रहेको थियो।

 

डुडुवा गाउँपालिकाले प्रस्तुत गर्‍यो ५६ करोडको बजेट, कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

सुर्खेत सिम्ता गाउँपालिकाले ल्यायो ६१ करोड ७५

डुडुवा गाउँपालिकाले प्रस्तुत गर्‍यो ५६ करोडको बजेट, कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

खजुराको बजेट ८५ करोड ७२ लाख :कृषि,

Leave a comment

Your email address will not be published. Required fields are marked *