वीरेन्द्रनगरमा क्षयरोगका एक ४३ का बिरामी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा चालू आर्थिक वर्षमा एक ४३ क्षयरोग बिरामी भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा चालू आर्थिक वर्षको फागुनसम्म एक ४३ बिरामी भेटिएको जानकारी दिइएको हो ।
‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको अवश्यकता’ भन्ने नाराका साथ वीरेन्द्रनगर नगरपालिकाले क्षयरोग दिवस मनाएको छ ।
अघिल्लो वर्ष दुई ५० विरामी भेटिएका उनीहरुलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले बताए । ‘क्षयरोग नियन्त्रणका लागि नगरपालिकाले जाँच तथा शिविरहरु चलाउदै आएको छ,’ उनले भने,‘बिरामी भेटिएमा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्ने गरेका छौं ।’
सुर्खेतमा वीरेन्द्रनगरमा पछिल्लो चरणमा बढ्दो शहरीकरणलाई ध्यानमा राखेर अहिले काम गरिरहेको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । ‘क्षयरोग लगाएतका अन्य स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेका छौं,’ उनले भने,‘यहाँ शहरीकरण बढ्दो क्रममा रहेका कारणले स्थायी र अस्थायी बसोबास गर्नेलाई ध्यान राखेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौं ।’
क्षयरोग भनेको के हो ?
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ ।
क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिस सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने हुन्छ ।
कुपोषण भएका, धुम्रपान तथा सूर्तीजन्य प्रदार्थको सेवन, मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा क्षयरोगको उच्च जोखिम रहेका हुन्छन् ।





