विषादी मुक्त सप्ताहको समापन

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत चैत्र ३ गतेदेखि चलाएको विषादी मुक्त सप्ताह समापन गरिएको छ । विषादी न्यूनीकरणका लागि सप्ताह सुरू हुने भएको थियो ।
विषादीको प्रयोग बढी हुने क्षेत्रमा एक हप्तासम्म विषादी सम्बन्धी जनचेतना मूलक कार्यक्रम सुरू गरेर मनाएको थियोे ।
कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जुम्ला र सल्यानका स्थानहरूमा विषादीले निम्त्याएका असरहरू समेटेर सडक नाटक प्रदर्शनी, विद्यार्थीसँग अन्र्तक्रिया गरेर विषादी सप्ताह मनाइएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले बताए । ‘ठाउँ–ठाउँमा पोष्टर पम्प्लेट टासिँने छ,’ उनले भने,‘वढ्दो जनसंख्याको लागि खाद्य वस्तुको वढ्दो माग आपूर्ति गर्न खाद्यवस्तु उत्पादन वृद्धिका साथै कृषि व्यापार वृद्धि आवश्यक भइरहेका अवस्थामा विषादीको प्रयोग भइरहेको छ ।’
विषादीले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या उब्जाए त्यसको न्यूनिकरण अहिले आवश्यकता रहेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बताए । ‘संयुक्त राष्ट्रसंघले खतरनाक विषादी मानव स्वास्थ्य र वातावरणको लागि चुनौती रहेको उल्लेख गरेको छ,’ उनले भने,‘विकासोन्मुख देशमा मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीको प्रयोग बढेकाले सो देशमा सबैभन्दा धेरै महिला तथा बालबालिक पीडित बनेको जनाएको छ ।’






