कोहलपुरका दुई वर्थिङ सेन्टरमा ११३ आमाको सुरक्षित सुत्केरी सेवा

बाँके ,१ साउन

कोहलपुर नगरपालिकाको मातहतमा रहेका दुई वर्थिङ सेन्टरमा आर्थिक वर्ष २०८१/०८२ मा ११३ जना आमाहरू सुरक्षित रूपमा सुत्केरी भएका छन्। नगरपालिकाको नगर अस्पताल (वडा नं. ११) र अकलघरुवा नगर स्वास्थ्य प्रवर्धन केन्द्र (वडा नं. १५) मा चौबीसै घण्टा सञ्चालनमा रहेको आमा सुरक्षा कार्यक्रम अन्तर्गत यो सेवा प्रदान गरिएको हो।

स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीका अनुसार, तालिमप्राप्त दक्ष जनशक्तिमार्फत नगर क्षेत्रका महिलाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्ने उद्देश्यले यी वर्थिङ सेन्टरहरू सशक्त रूपमा सञ्चालनमा छन्।
“हामी चौबीसै घण्टा प्रसूति सेवा दिँदै आएका छौं,” उहाँले भन्नुभयो, “वर्थिङ सेन्टरसम्म पुग्न निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ, जसले आमाहरूलाई थप सहज बनाएको छ।”

नगरपालिकाले वर्थिङ सेन्टरहरूमा दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण, औषधि तथा एम्बुलेन्स सेवा सँगै आकस्मिक अवस्थामा भेरी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत मिलाएको ठकुरीले जानकारी दिनुभयो।

उहाँका अनुसार, नगर अस्पताल र नगर स्वास्थ्य प्रवर्धन केन्द्रमा भर्ना गरिएर सेवा लिने आमाहरूलाई ढुवानी सेवा पनि निःशुल्क उपलब्ध गराइएको छ—जसले ग्रामीण क्षेत्रका महिलाहरूका लागि यो कार्यक्रम थप प्रभावकारी बनेको छ।

कोहलपुर नगरपालिकाले महिला स्वास्थ्य, सुरक्षित मातृत्व र नवजात शिशुको जीवन रक्षा सुनिश्चित गर्न थालेको यस समावेशी र भरपर्दो स्वास्थ्य सेवा प्रणाली स्थानीय तहको नमूना बन्न थालेको छ।

 

 

कोहलपुरका दुई वर्थिङ सेन्टरमा ११३ आमाको सुरक्षित सुत्केरी सेवा

काफल खाएर असारलाई बिदा गर्ने प्रचलन

कोहलपुरका दुई वर्थिङ सेन्टरमा ११३ आमाको सुरक्षित सुत्केरी सेवा

सम्पादकीय : १३२ केभीलाई गति देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *