घुँयत्राे : अध्यक्ष लिङदेनमाथि खन्निया सुन्नियाे त !

राजा ल्याम्ला र राजाले दे भने ठूलै भाग खाम्ला भनेर लाग्या राप्रपा पाटि भित्र त खैलाबैला चल्याछरे त ! त्यसाे त राजा ल्याउने आन्दोलनकाे संयाेजककै विषया मनमुटाउ गर्या नेताहरले आन्दोलन सफल नभएछि केइ न केइ बहाजाँ पाटियाँ हाेहल्ला मच्चाउनुत स्वभाविकै पनि हाे । आन्दोलनाँ पाटि अध्यक्ष सुतिसुति खाने हामी चाईँ कालकाेठरी कुर्ने भनेर नि हाेला धवल सम्शेर अध्यक्ष लिङदेनमाथि खन्निया सुन्नियाे त !
राप्रपाका नेताहरलाई नि दुखैछ विचरा राजा मुख हेरेर एकदिनन एक दिन कस्साे राजा ल्याउन नसकम्लात भनेर दुनियाँकाे छिछि र दुर्दुर सहेर सबै पन्चजति एक भएर एकदिन अबस्य राजा फर्काम्ला भनेर देशभित्रै बसेर दुख्ख गरे तर राजाले भने राप्रपाले आन्दोलनकाे घाेषणाँ गरेछि विदेशमा बस्दै आकाे त्याे खल्लड बुढाे नबराज सुबेदिलाई बाेलाएर आन्दाेलनकाे नेतृत्व गर भनेर पगरी गुथाइ दे बिचरा राप्रपाका नेताहरु हेर्याहेर्यै भए ।
तर पनि के गरून् राजाले बनाएछि विराेध गर्न सक्ने नि कुराे भएन बिचराहरु नाककाे चालले राजाल्याउने आन्दोलनाँ हाेम्मिनु पर्याे । आन्दाेलना त परे तर क्यार्नु व्यवस्था विराेधि आराेप लाएर डाम्मिएछि विचरा धवल र मिश्र त बल्लबल्ल धराैटियाँ फुस्कियर ऐले विचराहरु लुकिलुकि हिन्ने भाछन । उता दुर्गा पर्साइँलाई भने बाले खाेरमा हुल्या हुल्यै छन ।बिचाराेले ओलिबाकाे शासन सत्ता नगएसम्म चक्किनै पिसि राख्नु पर्ने हाे कि जस्ताेछ ।
ऐले त पन्चहरले विचाराे प्रसाईं हाम्रै आन्दोलनाँ हिँडेर जेलका ४ कुना कुरेर बस्याछ भन्नेनि बिर्सिसकेकि जस्तो छ । उता राजा भने यी राप्रपाले गरि खान सक्दैनन भनेर नवराज सुवेदी विदेशतिर हान्निएछि अब आन्दोलन तुइयाे यी गणतन्त्रवादिहरले मलाई हुन दिन्नन भनेर चुपचापै बस्या छन । याे आन्दोलनले सबैभन्दा ठूलाे घाटा लायाे भने विचरा दुर्गा पर्साइँलाई लायाे । बाका रिसले अनाहकाँ राजासित लाएर दुख्खमात्रै पाउने भाे बिचराले ! न राजाले उसका लागि दुई शब्द बाेले न सिंगै राप्रपाहरु पर्साइँकाे पक्षाँ डिफेन्स गर्न अगाडि आए ।
हुनत त्यै पर्साइँकै पाप लागेर हाेला लिङदेनलाई पाटिलाई आफू खुसि चलाएर साथिहरलाई अनुशासनकाे कार्वाहि गरेकाे भनेर धबल सम्शेर जंगिन थाल्या सम्चार आइराछन । पाटिभित्र किचलाे जन्माएर गुठैगुठकाे खेलखेल्या एमाले र काँग्रेसकाे सिकाे सिक्न ला त हाेलान यिनरलेनि ! त्यसाे त सूर्य बहादुर लाेकेन्द्र रहुन्जेल पाटि सबैभन्दा बढि किचलाे यै पाटियाँ नदेख्यानि हैन ।
तिनरु पाखा लाएछि फेरि पशुपति र प्रकाश चन्द्रकाे अनिफेरि कमल थापा र पशुपतिकै चलेर लाष्टाँ कमल थापाले अर्कै पाटि बनाएर गाई डाेर्याएर राणा,थापा,लाेहनि र चन्दलाई चटक्कै छाेडेर जानू पर्याे र ऐले आएर काँग्रेस कमिनिष्टकै जस्ताे सिकाे सिकेर धबल शम्शेर लगाएत लिङदेनलाई पाटि निरंकुसता भयाे भनेर थर्काउन थाल्याछन के भन्न सकिन्छ र ज्ञानेन्द्रकाे इशारा पाए भने राप्रपा नि दुईफ्याक बन्न बेर लाउन्न । प्रतिपक्षाँ बस्दानै नेपालका दलहरु बेलाबेलाँ दुईफ्याक बन्ने गर्याछन अब फेरि राप्रपा दुईफ्याक बन्याे भने आश्चर्य नमान्दानि हुन्छ ।






