बर्दियामा सबैभन्दा बढी बेरुजु मधुवनमा, सबैभन्दा कम राजापुरमा

बर्दिया,१ जेष्ठ
बर्दिया जिल्लाका आठवटै स्थानीय तहमध्ये मधुवन नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ भने राजापुर नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार मधुवन नगरपालिकाको लेखापरिक्षण गरिएको कुल एक अर्ब ६४ करोड चार लाख ५८ हजार रुपैयाँमध्ये चार करोड २६ लाख १२ हजार रुपैयाँ बेरुजु देखिएको छ। यो कुल रकमको २.६० प्रतिशत हो।

त्यसैगरी, गेरुवा गाउँपालिकामा १.८७ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा १.३७ प्रतिशत, गुलरिया नगरपालिकामा १.१८ प्रतिशत, बारबर्दिया नगरपालिकामा ०.९९ प्रतिशत, बढैयाताल गाउँपालिकामा ०.५२ प्रतिशत, बाँसगढी नगरपालिकामा ०.५० प्रतिशत र सबैभन्दा कम बेरुजु देखिएको राजापुर नगरपालिकामा ०.३१ प्रतिशत रहेको छ।

राजापुर नगरपालिकामा लेखापरिक्षण गरिएको कुल एक अर्ब ८२ करोड १६ लाख ७२ हजार रुपैयाँमध्ये ५६ लाख ४९ हजार बेरुजु देखिएको हो।

बेरुजु रकम न्यून देखिनुमा नगरपालिकाले अपनाएको स्पष्ट नीतिका कारण भएको नगरप्रमुख दिपेश थारूले बताए। “मैले कर्मचारीहरूलाई कुनै पनि नियमविपरीत काम गर्न दबाब दिएको छैन। कानुन अनुसार मात्रै काम गर्न निर्देशन दिँदै आएको छु,” उहाँले भन्नुभयो।

मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले भने बेरुजु रकम अघिल्लो समयदेखि थपिँदै आएको जानकारी दिनुभयो। “प्रक्रिया नपुगेका बेरुजु रकमलाई कानुनी प्रक्रिया पूरा गरी फस्र्यौट गर्दै लैजाने तयारीमा छौं,” उहाँको भनाइ थियो।

 

 

बर्दियामा सबैभन्दा बढी बेरुजु मधुवनमा, सबैभन्दा कम राजापुरमा

भ्यान दुर्घटना चालकसहित दुई जना गम्भीर घाइते

बर्दियामा सबैभन्दा बढी बेरुजु मधुवनमा, सबैभन्दा कम राजापुरमा

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी( तस्बिर सहित)

Leave a comment

Your email address will not be published. Required fields are marked *