बेलायतको आर्थिक वृद्धिदर २०२६ मा सुस्त हुने अपेक्षा

लन्डन, २७ मङ्सिर (रासस/सिन्ह्वा) । 

बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ ।

बीसीसीका पूर्वानुमानअनुसार, सन् २०२६ मा बेलायतको कुल राष्ट्रिय उत्पादन (जीडीपी) १.२ प्रतिशतले वृद्धि हुने देखिएको छ, जुन सन् २०२५ को १.४ प्रतिशत वृद्धिदरभन्दा कम हो । व्यवसायिक लगानी पनि कमजोर रहने अनुमान गरिएको छ; २०२५ मा तीन प्रतिशत वृद्धि हुने अनुमानित लगानी सन् २०२६ मा मात्र ०.९ प्रतिशतले बढ्ने देखिएको छ ।

व्यापार वृद्धिदर पनि सुस्त रहने अपेक्षा गरिएको छ । निर्यात वृद्धिदर तीन प्रतिशतबाट घटेर १.८ प्रतिशत र आयात वृद्धिदर ३.८ प्रतिशतबाट १.४ प्रतिशतमा सीमित रहने देखिएको छ । औसत आम्दानी क्रमिक रूपमा बढ्नेछ भने बेरोजगारी दर ५.१ प्रतिशतसम्म पुग्ने सम्भावना छ ।

लागत दबाब, कम उत्पादकता र सीमित उत्पादनले कम्पनीहरूको भर्ती क्षमता सीमित गर्नेछ । तर ढिलो तलब वृद्धिले र सुस्त श्रम बजारले मुद्रास्फीतिमा केही हदसम्म नियन्त्रण ल्याउने बीसीसीले जनाएको छ ।

बीसीसीका अनुसन्धान प्रमुख डेभिड भारियरले भन्नुभयो,“बेलायतको अर्थतन्त्र कम गतिमा अघि बढिरहेको छ र यसले वित्तीय तथा राजनीतिक क्षेत्रमा चुनौती ल्याउनेछ । साना र मध्यम आकारका व्यवसायका लागि सन् २०२६ चुनौतीपूर्ण रहनेछ, लगानी र निर्यात वृद्धिमा कठिनाइ आउँछ ।”

बीसीसी आर्थिक सल्लाहकार परिषद् अध्यक्ष विक्की प्राइसले थप्नुभयो,“बजेटले आवश्यक वृद्धिकारक उपाय समेटेन भने व्यवसायहरूले अर्को वर्ष पनि चुनौतीपूर्ण परिस्थितिसँग जुध्नुपर्नेछ । बेरोजगारी बढ्दा उपभोक्ता खर्च घट्नेछ र कम्पनीहरूले थप कठिनाइ भोग्नुपर्नेछ ।”

बेलायतको आर्थिक वृद्धिदर २०२६ मा सुस्त हुने अपेक्षा

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता

बेलायतको आर्थिक वृद्धिदर २०२६ मा सुस्त हुने अपेक्षा

भारतमा महिलाहरूको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश

Leave a comment

Your email address will not be published. Required fields are marked *