घुयँत्राे:जनताको छाती पोल्ने नेताको कोठा पोलेर मात्रै खुल्यो रहस्य !

संसारकै ईतिहासमा यसरी २७ घण्टाभित्र तख्ता पलट भएकाे इतिहास कहिँ छैन ।त्यसाेत विकास,समृद्धि र सुशासन बाहेक हरेक क्षेत्रमा नमूना नै छ नेपाल ।कहिँ कतै नभएका , राजनैतिक , कानुनी ,संवैधानिक र सामाजिक निर्णय हुन्छन नेपालमा । त्यस्तै तरिकाले भयाे ओलिकाे सरकारकाे पतन, आन्दोलन भएकाे २७ घण्टा मा ( ८२ भदाै२३,२४ तदनुसार से. ८,९) । सरकार भष्टाचारी भयाे भनेर कराउँदाकराउँदा जनताका घाँटी सुके तर सरकारले वास्ता गरेन ।त्यसरी जनताबाट भष्टाचार बिराेधि आवाज उठदापनि केपि र शेर बहादुरले किन टेरेनन भन्ने कुराका रहस्यत ओलि विदेशतिर भागे पछि र देउबाका श्रीमान श्रीमतिलाई आन्दोलन कारीले शाैचालयमा लुकेकाे अबस्था पछि त्यहाँका अबस्थाले जग जाहेर गरेका छन ।
आँफुला प्रजातन्त्र वादि नेताकाे खाेलमा पाँचपाँच पटक प्रधानमन्त्री र गृहमन्त्री समेत भएका देउबाकाे घरमा रुपैयाँ गाेदाम गर्ने काेठा र त्यहाँ डढेका नाेटकाे दृस्यले देखायाे र जनताले थाहा पाएकि देउबा र आरजुले देशकाे ढुकुटिमा कसरी दाइँ हालेका रहेछन । उनीहरुकाे जलेकाे काेठा, पैशा राख्न खनिएकाे काेठा अनि त्याे काेठाबाट आन्दोलनकारीहरुले खनेर निकालिएकाे पैशा अनि काेठाभरि छरिएका पाँचसय र हजारका नाेठकाे फाेटाेहरु सामाजिक सन्जालमा आउँदा जनता समेत आश्चर्य चकित भएकाछन । आँफुलाई विपिकाेचेलाे , किसुनजीकाे अनुयायी र प्रजातन्त्रदेखि गणतन्त्रसम्म सँधैभरी राजनीतिकाे शीर्ष पंक्तिमा रहने देउवा, के डडेलधुराका साेझा जनताले कल्पना गरेका चरित्रका हुन त! कि राणाकि छाेरि विवाह गरेछि उनी पनि राणाजस्तै अनि जनताले थाहै नपाउने गरि निरंकुशतातिर उन्मुखभएका हुन ? या आर्जुकाे त्याे जमिन मुनि पैशा लुकाउने कर्तुत अनि शेर बहादुरका नाममा,ठेकदार,कर्मचारी,दलाल,शरणार्थी , व्यापारी, टिकटकाे बार्गेनिङ,नियुक्ति र मनाेनयनकाे बार्गेनिङ जस्ता अनेकन शीर्षकबाट आर्जुले उठाउने गरेकाे पैशा त्याे याैटा काेठामा खनिएकाे गहिराे खाल्डाेमा लुकाउने गरेकाे कुरा शेर बहादुरले समेत सुइँकाे नपाएका हुन ? त्याे कुरा त उनैले बयान गरेछि था हाेला । अर्को कुरा शेरबहादुर र आर्जु दुबै धनी हुन यिनरले भष्टाचार गर्नै पर्दैन ती सबै सेताे धननै हाे भन्ने जिकिर उनका चम्चाहरुले गर्छन भने पनि त्याे सेताे धन हाे भष्टाचारकाे धन हैन भने पनि त्याे बैंकमा किन राखिएन आजकाे जमाना पैशाकाे रिस्क लिएर घरमा राख्ने भनेकाे कालाे धननै हाे अन्यथा पैशा बैंकमै राखिन्छ । अँझ त्यति ठुलाे नेताले त झन पैशा बैंकमै राख्नु पर्ने हाे । शासन सत्ता चलाउने राष्ट्रमा ढुकुटि भएन भनेर छटपटिने र सबैलाई पैशा बैंकमा राख्नु पर्छ भनेर निर्देश गर्ने अनि आँफुले चाइँ पैशा बैंकमा नराख्ने त्यस्ताे पनि नेता हुन्छ र ? अँझ अर्काे कुरा आर्जुले खाल्डाे खनेर लुकायका, पाेलिएका र आन्दोलनकारीले लगेका रुपैयाँ र डलर बैधानिक हाे भने राज्यलाई कर तिरेकै हाेला । जब कसैले करतिरेर , व्यापार ब्यबसाय गरेर वा वेचबिखन गरेर आर्जेकाे सम्पति छ भने त्याे कसैले पनि घरमा राख्दैन । त्यतिमात्रै हैन सेताे धनमात्रैकाे लागि लुकाउन जमिन मुनि खाल्डाे किन खन्नु पर्याे ? कि देउबाकाे निबासबाट बैंक जान ५/७ दिन लाग्छ र ?
देशकाे पहिलाे पाटि अनि सत्तारुढपाटिकाे नेताकाे घरबाट सार्वजनिक भएकाे याे कर्तुतले पाटिप्रति निष्ठाबान कार्यकर्तालाई त निश्चयपनि साेचनिय बनाए हाेला ! तर अन्धाे भक्त झाेले र चम्चेहरुलाई चाइँ मजै आए हाेला उनलाई केछ भाेलि जता गुटमुट्याउन पाईन्छ उतै जान्छन । हिजाेसम्म भाउजुले दिन्थिन भने भाेलि काेहि माइजू वा आमा भेटिन सक्छन ।यस्तालाई लाेकतन्त्र के गणतन्त्र के !






