सिम्ता गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष वीरेन्द्र सिंह ठकुरीको राजीनामा

सुर्खेत ,२६ भदौ।
सिम्ता गाउँपालिकाको वडा नं. ४ का वडा अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले पदबाट राजीनामा दिएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई अहिलेसम्म निरन्तर जनसेवा गर्दै आएका ठकुरीले बिहीवार गाउँपालिका अध्यक्षको एकल निर्णय, व्यक्तिगत मनोकांक्षा र झुटा आश्वासनजस्ता गैरजिम्मेवार व्यवहारका कारण आफूलाई प्रभावकारी ढङ्गले सेवा दिन नसक्ने भन्दै पदत्याग गरेको घोषणा गरेका हुन्।

सिम्ता गाउँपालिका गाउँकार्यपालिकाका अध्यक्षलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उनले भनेका छन्, “यस्तो नेतृत्वभित्र बसेर आम नागरिकलाई सर्वसुलभ र समावेशी सेवा दिन सम्भव नभएकाले म आजकै मितिदेखि लागु हुने गरी वडा अध्यक्ष पदबाट राजीनामा दिन बाध्य भएको छु।”
उनको राजीनामापछि वडा नं. ४ को नेतृत्व रिक्त बनेको छ।

सिम्ता गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष वीरेन्द्र सिंह ठकुरीको राजीनामा

घुयँत्राे:जनताको छाती पोल्ने नेताको कोठा पोलेर मात्रै

सिम्ता गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष वीरेन्द्र सिंह ठकुरीको राजीनामा

जेनजी आन्दोलनपछि एमाले पुनर्निर्माणको प्रतिबद्धता : सांसद

Leave a comment

Your email address will not be published. Required fields are marked *