घुयँत्राे:”जनताको गालीमै जिन्दगी बिताउने ‘गालीप्रेमी’ प्रधानमन्त्री”

बाकाे खप्पराँ गालिनै गालि पाउने जाेग परेरत हाेला गाेडा तिनेक दिनदेखि फेसबुक र सामाजिक सन्जालका नाममा जनताले गालि बर्षाउनु बर्षाछन । बालाई गालि गर्या स्ट्याटस मिनेट मिनेटाँ माेबाइलाँ आउन थालेछि बाले याे विधान अधिवेशनाँ दिमाग लाउन सक्ने हुनकि हैनन मलाई त त्यतातिर पाे चिन्ता लाछत ! हुन त बाले केन्द्रीय कमिटीको बैठकाँ नै आँफुमाथि आउन सक्ने आपत्ति र विराेधलाई लिएर नणताहरका अगाडि अधिवेशनाँ विद्या भण्डारीका विषयाँ कसैले कुराे उठाउन पाइने छैन भनेर उर्दी जारी गरि सक्नु भाछ । जारी उर्दिका बिरुध्द गएर कसैले भण्डारीकाे पक्षाँ नबाेलेछि त बैठकाँ नि त्यत्ती आपति नहाेला । नत्र त्याँनि केई सानाे किचलाे भाे कि बाका भागाँ गालिनै गालिकाे प्रसादि पर्ने हाेला के । त्यसाे त बालेनि याे पछिल्लाे पटक काँग्रेसीहरुसित गठजाेर गरेर सरकार बनाथे सरकारकै आडाँ देशभर बेथिति मात्रै फैलाएर शासन गर्या देख्दा बिचरा शासित हुने जनतानि दिक्क पर्याछन ।बाकाे शासन चलाउने शैली र अलकाईदाकाे शासन गराईमा कत्ति फर्क छैनकि भन्याजस्ताे लाग्छ । खासै भन्ने हाे भने मिलिजुलि सरकार चलाउँदा त एकले अर्काकाे कुरा खाएर शासन चलाईन्छ भन्ने मान्यताकाे विरुद्ध काँग्रेसीहरलाइ पूरै गधा बनाएर आफू दाैडेकाे दाैड्यै अनि सरकार सन्चालनका सबै रितिथिति माडेर एकाेहाेराे आफ्ना,आफन्त अनि परिवारवाद र भष्टाचारकाे दलदलमा गठबन्धनवालालाईनि हिलाम्मे पारेर हिन्या देख्दा राजनीतिमा बाजस्ताे चतुर र चाेरकाे बाउ चन्नाल त कुनै दलका नेतानि छन जस्ताे लाग्दैन ।आफ्नाे विपक्षि भनेछि पूरै नाकभरिकाे पानीमा लगेर गाडेर सिधाउन र आँखै हेर्न नसक्ने बनाउन सक्ने खुबि भा हुनालेनै बाले कमिनिष्ट पाटियाँ सबलाई धकेल्दै र पछार्दै अगाडि आहुन भन्ने कुराँ कत्ति दुईमत छैन ।

पाटि नेता भरतमाेहन,बामदेव,माधब नेपाल,भीमरावल र ऐले विद्या भण्डारीलाई समेत तह लाएर अँझै २५ बर्ष अध्यक्ष र २५ बर्ष प्रधानमन्त्री हुन्छु भन्ने उद्देश्यका साथ विधान अधिवेसनमा लागि राछन । याे अधिवेशनले बा हिँडन चाहने बाटामा कहिँकतै काँडा नदेखिउन भनेर विधानका हरेक दफा र धारालाई फुलै फुलले बेर्ने कार्यक्रम अधिवेशनमा गरिनेछ । अधिवेशनमा बाकाे बिराेधकाे त कुरै छाेडाैँ `बिराेध´ शब्दकाे अघिल्लाे अक्षर ´ फ ´र ब काे पछि आउने अक्षर` भ´ समेत कसैले उच्चारण गर्न पाउने छैन । कसैले त्यस्ताे हिम्मत गर्याे भने अधिवेशनमा उपस्थित करिव २६४० ले नै त्यस्ताे विराेधिलाई घाेक्रेठ्याक लाएरै अधिवेशन हलबाट निकाल्दिनेछन । र ऐले भीम रावल अनि उपाध्यक्ष ईश्वर पाेख्रेलकाे हालत जेछ त्याे भन्दा बद्तर हालत त्यसकाे बनाइ दिनेछन ।त्यसैले जानीजानी केपि शर्मा वलि नामकाे भुङ्ग्राँ हात हालेर पाटिबाट एक्लाे भएर बस्न काेहि चाहँदैन । बरु ” मुर्खदेखि दैव डरा” भन्ने नेपाली उखान सम्झेर बस्न सक्छन ।

तर जनताकाे ईच्छा विपरित र सम्विधानले दिएकाे अभिव्यक्ती स्वतन्त्रता र प्रेसस्वतन्त्रताकाे संरक्षणमा ब्यवस्थापन गर्न नसक्ने बरु त्यसकाे विरुध्द सूचना र श्राेतका साधन र साध्यहरुलाईनै समुल नष्ट गरेर शासन चलाउन खाेज्ने बाका बिरुध्द भने जनताले सदैब गालि बर्षाउनेछन र त्याे गालिलाई लिएर बाकाे शान्त्वनाका निम्ति कसैले कठै भन्ने दिन पनि नआउन सक्छन त्यसैले बेलैमा चेतना हाेस ।

घुयँत्राे:”जनताको गालीमै जिन्दगी बिताउने ‘गालीप्रेमी’ प्रधानमन्त्री”

घुयँत्राे:” बिरसिक्का “

घुयँत्राे:”जनताको गालीमै जिन्दगी बिताउने ‘गालीप्रेमी’ प्रधानमन्त्री”

हराउँदै जुम्लामा स्थानीय बाली

Leave a comment

Your email address will not be published. Required fields are marked *