सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर, २२ मङ्सिर । 

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न हुनुहुन्छ । “साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उहाँले भन्नुभयो, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन,  गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।”

परम्परागत रूपमा खेती गर्दा  मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उहाँले सागसब्जीखेती गरेर वर्षमा रु १२ लाख आम्दानी गर्दै आएको बताउनुभयो ।  उहाँ बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । उहाँले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आउनुभएको छ । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उहाँ विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउनुहुन्छ ।

पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा  लाग्नुभएको छ । आफ्ना उत्पादन बनारसम्म पुर्‍याउन उहाँले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गर्नुभएको छ । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उहाँले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताउनुभयो ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

निर्वाचन आउन ८८ दिन बाँकी  समानुपातिक निर्वाचन

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

दार्चुलामा भूकम्प

Leave a comment

Your email address will not be published. Required fields are marked *