कर्णाली सरकारले थाल्यो रिङ्ग वस्ती विकास कार्यक्रम डोल्पाको शे–फोक्सुण्डो ताल पुग्न  व्यवस्थित ट्रेकिङ्ग रूट निर्माणको थालनी

ओम शाही 

सुर्खेत, २२ कार्तिक ।

कर्णाली प्रदेश सरकारले नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य डोल्पाको शे–फोक्सुण्डो तालसम्म पुग्ने पदमार्ग स्तरोन्तीको काम अघि बढाएको छ । फोक्सुण्डो तालसम्मको पदयात्रासँगै नजिकमा अवस्थित प्राचिन वस्तीको प्रवद्र्धन गर्न प्रदेश सरकारले रिङ्ग (रिङ्गिबो) वस्ती विकास कार्यक्रम सुभारम्भ गरेको हो । डोल्पाको फोक्सुण्डो गाउँपालिका–८, रिङ्गबोमा शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विस्ती विकास कार्यक्रमको शिलान्यास गरेका हुन् ।

कार्यक्रम अन्तरर्गत डोल्पाको साङ्टादेखि फोक्सुण्डो तालसम्म पुग्ने पदमार्गको स्तरोन्नति, डोल्पा सदरमुकाम दुनैदेखि ट्रेकिङ्ग रूटको प्रत्येक दुई किलोमिटर दुरीमा १६ वटा प्रतिक्षालयसँगै रिङ्ग वस्तीको भित्रि सडक विस्तार हुनेछन् । त्यस्तै, ढल निकास, वस्तीमा रहेका दुई वटा विद्यालयको पूर्वाधार निर्माण, दुई वटा ट्रस पुल, गुम्बामा खानेपानीको व्यवस्था, फोक्सुण्डो तालको अवलोकन गर्न भ्यु पोइन्टसम्मको पदमार्ग र प्रतिक्षालय, रिङ्ग वस्तीमा संग्रालय, पार्क तथा वस्ती जोखिम कम गर्न तटबन्धन निर्माण लगायतका कामहरू हुनेछन् ।

यस कार्यक्रमका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा २१ करोड १२ लाख बजेट व्यवस्थापन गरेको छ । पूर्वाधार विकास कार्यालय डोल्पा र निर्माण व्यवसायी श्रेया/गठीचौर जेभी काठमाण्डौ बिच निर्माण सम्झौता भएर काम अघि बढेको हो । सम्झौता अनुसार २०८४ असारसम्म आयोजना सम्पन्न हुनेछ । प्रदेश सरकारको यो महात्वाकांक्षी कार्यक्रमले नेपालकै गहिरो फोक्सुण्डो तालसम्म पुग्न पर्यटकीय पदमार्ग प्रवद्र्धनमा थप सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

वस्ती विकास कार्यक्रमको शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई जिम्मेवारी अनुरुप काम गरेर कर्णालीको समृद्धिमा सघाउन आग्रह गरे । उनले ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरे निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने बताए । उनले भने, ‘काम लिने तर काम नगर्ने प्रवृत्ति अन्य गर्नुस्, कर्णाली समृद्धिको जिम्मेवारी तपाईहरुको हातमा पनि छ । निर्वाध काम गुर्नस, सरकार तपाईको साथमा छ ।’ सरकारले निर्माण व्यवसायीलाई कुनै समस्यामा नपार्ने बताउँदै उनले जिम्मेवार भएर काम सम्पन्न गर्न अनुरोध गरे ।

सडकसँग जोडियो जिल्ला अस्पताल डोल्पा

जिल्ला अस्पताल डोल्पा अन्ततः सडक सञ्जालसँग जोडिएको छ । भेरी नदीमा पुल नहुँदा अस्पताल सडक सञ्जालसँग जोडिन सकेको थिएन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले डोल्पाको दुनैस्थित भेरी नदीमा निर्माण भएको बेलीबृज उद्घाटन गरेसँगै अस्पताल सडक सञ्जालसँग जोडिएको हो ।

मुख्यमन्त्री कँडेलले सदरमुकाम दुनैको भेरी नदिमाथी निर्माण भएको कालिका मन्दिर बाट जिल्ला अस्पताल जोड्ने ४८ मिटर लामो बेलिबृज पुल उदघाटन गरेका हुन् । कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय मार्फत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय डोल्पाले ठुलीभेरी नदीमा निर्माण गरेको उक्त पुलको मुख्यमन्त्री कँडेलले बुधवार बिधिवत रुपमा उद्घाटन गरेका हुन् ।

पुल उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सकारात्मक सोच र सामुहिक प्रयासले विकास सम्भव भएको बताए । बजेट पारेर मात्र विकास नहुने भएकाले त्यसकालागि आ–आफ्नो तर्फबाट सबै लाग्नुपर्ने र डोल्पाको विकासकालागि प्रदेश सरकार सधै तयार रहेको उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री मन्त्री शेरबहादुर बुढाको समेत उपस्थित थिए । सो अवसरमा मन्त्री बुढाले बेलिब्रिज पुल निर्माणपछि अस्पतालमात्र नभई फोक्सुन्डो ताल पुग्ने पर्यटककालागि पनि धेरै सहज भएको बताए ।

मुल्य अभिवृद्धी करसहीत चार करोड १७ लाखमा बनेको उक्त पुल जिल्लामै सबैभन्दा लामो बेलिब्रिज पुल हो । यसले जिल्ला अस्पतालसँगै हेलिप्याडसम्म सडक जोड्ने भौतिक पुर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले बताए । बेलिब्रिज निर्माणको जिम्मा रिडार्क नेपालले लिएको थियो ।

निर्माणको काम सुरु गरेको साडे पाँच महिनामै काम सम्पन्न भएको हो । ‘कार्यालयको चासो, समन्वय र सक्रियता भयो भने छोटो समयमै धेरै काम गर्न सकिन्छ भन्ने उदाहारणको रुपमा यो पुल बनेको छ,’ हितानले भने । जिल्ला सदरमुकामसम्म मोटरबाटो पुगेर पनि पुल नहुँदा दुर्गमजस्तै भएको जिल्ला अस्पताल अब भने यातायातको पहुँचमा पुगेको छ ।

 

कर्णाली सरकारले थाल्यो रिङ्ग वस्ती विकास कार्यक्रम  डोल्पाको शे–फोक्सुण्डो ताल पुग्न   व्यवस्थित ट्रेकिङ्ग रूट निर्माणको थालनी

सम्पादकीय : बालविवाह न्यूनिकरणको नीति परिमार्जन गर

कर्णाली सरकारले थाल्यो रिङ्ग वस्ती विकास कार्यक्रम  डोल्पाको शे–फोक्सुण्डो ताल पुग्न   व्यवस्थित ट्रेकिङ्ग रूट निर्माणको थालनी

एमयूलाई सामाजिक मन्त्रालयको ४ करोड अनुदान

Leave a comment

Your email address will not be published. Required fields are marked *