जनहितकारीको बार्षिक साधारणसभा

सुर्खेत, २१ मंसिर ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर ४, सुर्खेतको २७ औं बार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सहकारीका अध्यक्ष कँडेलले आ.व. २०८१/०८२ सम्म शेयर पुँजी ८ करोड ६३ लाख ६ हजार एक सय, जगेडा कोषमा ५ करोड ४७ लाख ५२ हजार ७ सय १५, ऋण लगानी ७५ करोड, ४९ लाख ४२ हजार ३ सय ८३ रुपैयाँ एकचालिस पैसा, कुल बचत ८८ करोड ३५ लाख २ हजार ९ सय १९ रुपैयाँ कारोबार भएको जनाइएको छ।







