घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु


धनगढी । अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीया डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।

घटनाको थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली खटाइएको डीएसपी भण्डारीले बताए । दशैंको अवसर पारी यहाँका स्थानीयले घरघरमा मासु भात खाने र रमाइलो गर्ने चलन छ ।

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

जाजरकोट भूकम्पमा आठ जना घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *