गुठिचौर गाउँपालिकाको उल्लेखनीय प्रगति : १ सय ६५ वटा विकास योजना सम्पन्न

गाेल्डेन बुढा

जुम्ला,१८ कार्तिक ।

“स्रोत सीमित, भौगोलिक चुनौती अपार, तर हाम्रो प्रतिबद्धता दृढ।” उक्त नारा लिएर अघि बढेको जुम्लाको गुठिचौर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा हासिल गरेको उपलब्धि साँच्चिकै प्रशंसनीय देखिएको छ। पूर्वाधार निर्माणदेखि सुशासन प्रवर्द्धनसम्मको यात्रामा गाउँपालिकाले उदाहरणीय प्रगति गरेको जनाएको छ।आइतबार गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढा(महत)ले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, गाउँपालिकाले ५ वटा वडाका सबै बस्तीमा पुग्ने गरी कुल १ सय ६५ वटा विकास योजना सम्पन्न गरेको हो।उनका अनुसार,एक लाखभन्दा कम लागतका १५ वटा,एकदेखि तीन लाखसम्मका ७१ वटा,तीनदेखि पाँच लाखसम्मका २६ वटा,पाँचदेखि दस लाखसम्मका १८ वटा,दसदेखि पच्चिस लाखसम्मका १५ वटा र पच्चिस लाखभन्दा माथिका २० वटा योजना सम्पन्न भएका छन्।गत वर्ष गाउँपालिकाले कुल ४१ करोड ८२ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो।

त्यसमध्ये चालु तर्फ २४ करोड ३५ लाख ८६ हजारमध्ये २१ करोड ४६ लाख ७९ हजार रुपैयाँ खर्च भएको र पुँजीगत तर्फ १७ करोड ४६ लाख १८ हजारमध्ये १५ करोड ६१ लाख ८ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। करिब २ करोड रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता गएको पनि उल्लेख गरिएको छ।यस्तै प्राविधिक शाखा प्रमुख दिपेन्द्र भण्डारीका अनुसार, गाउँपालिकाले पुँजीगत बजेटबाट ५ वटा सार्वजनिक शौचालय, १ विद्यालय भवन, २० मन्दिर तथा थान, ५ प्रतिक्षालय, ९ सामुदायिक, स्वास्थ्य तथा वडा कार्यालय भवन, र ४ जलविद्युत् मर्मत तथा पालिका भवन तला थप परियोजना सम्पन्न गरेको छ।उनले सीमित जनशक्ति र कठिन भूगोलबीच पनि काममा निरन्तरता दिइएको बताए।गत आर्थिक वर्षमा गाउँपालिकाले विभिन्न शीर्षकबाट ३३ लाख ३९ हजार ४९० रुपैयाँ राजस्व संकलन गरेको छ।वडागत रूपमा १ बाट ८२ हजार ७ सय ३० रुपैयाँ ,२ वडाबाट बाट १ लाख १२ हजार ६ सय ५, ३ वडा बाट १ लाख ५३ हजार ६ सय ८५, ४ वडाबाट २ लाख ६८ हजार ७ सय ६२ र ५ वडाबाट २ लाख ५८ हजार ५ सय ३१ रुपैयाँ राजस्व संकलन भएको हो।

त्यस्तै, मालपोत कार्यालयबाट रजिस्ट्रेशनबापत ३ लाख १३ हजार ९ सय ८१, प्याराग्लाइडिङ महोत्सवबाट ८ लाख ४४ हजार, डोजर प्रयोगबाट ५ लाख ५९ हजार ५ सय, एम्बुलेन्स सेवाबाट ८१ हजार ३ सय, र पशु शाखाबाट ७ लाख ८४ हजार ८ सय ६१ रुपैयाँ राजस्व उठाइएको छ।हाल चालु आर्थिक वर्षको कार्तिक १४ गतेसम्म ९ लाख ९७ हजार ७ सय ३३ रुपैयाँ राजस्व संकलन भइसकेको प्रतिवेदनमा उल्लेख छ।यतागाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार, सीमित स्रोत र कठिन भौगोलिक अवस्थाबीच पनि गाउँपालिकाले पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र सुशासनलाई पहिलो प्राथमिकता दिएको छ।“हामी जिल्लामै पहिलो पटक ‘सुशासन अभियान’ र ‘सुरक्षित पालिका अभियान’ सञ्चालन गर्न सफल भएका छौं,” अध्यक्ष बुढाले भने।उनका अनुसार, १० लाखभन्दा माथिका सबै योजना ई-बिड प्रणालीमार्फत कार्यान्वयन, वास प्लान निर्माण, पर्यटन प्रवर्द्धन र सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गाउँपालिकाका प्रमुख उपलब्धि हुन्।सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयहरूले जेष्ठ नागरिक भत्ताको बजेट घटाएकोमा असन्तुष्टि व्यक्त गर्दै विकास निर्माणमा ढिलाइ र सेवा प्रवाहमा सुधार आवश्यक रहेको सुझाव दिएका छन्। उनीहरूले टुक्रे योजना अन्त्य गर्न, वडा स्तरमै सार्वजनिक सुनुवाइ गर्न र ‘असारे विकास’ बन्द गर्न आग्रह गरेका छन्।

गुठिचौर गाउँपालिकाको उल्लेखनीय प्रगति : १ सय ६५ वटा विकास योजना सम्पन्न

स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो

गुठिचौर गाउँपालिकाको उल्लेखनीय प्रगति : १ सय ६५ वटा विकास योजना सम्पन्न

नेपाल प्रिमियर लिगको ट्रफी टुरले बाँकेमा उत्साह

Leave a comment

Your email address will not be published. Required fields are marked *