घुयँत्राे: “भाडा आकाश छुन थाल्दा, प्राधिकरणलाई जमिनमै निद्रा”

नेपाल उड्डयन प्राधिकरकाे सूचना हेरियाे ! ऐले याे सूचना खुब भाईरल भा रैछ । ” तँ हानेजस्ताे गर , म राेयजस्ताे गर्छु ” भन्ने नेपाली उखानछ नि हाे त्यस्तै नाैटंकि गरेकाे देखियाे नेपालकाे प्राधिकरण र वायुसेवा व्यवसायीहरुले । वायु सेवावालाहरुले आश्विनकाे २ गतेदेखिनै हवाई भाडा बढाएर यात्रु ओसारपसार गरिरहेका छन तर प्राधिकरणले कुनै कुरा थाहा नपाए झैँ गरि देश दशैं जस्ताे महान चाडकाे ५ दिने सार्वजिनक बिदामा बसिरहेकाे बेला अनि दशैंकाे दिनकै मिति हालेर हवाई भाडा नबढाउन भनी गरिएकाे सूचनाले जनतालाई चुतिया मात्रै बनाएकाे छैनकि प्राधिकरण आँफै नाङ्गिएकाे छ । हिजाे देखिनै भष्टाचारमा लागेकाे बानि , देशमा नयाँ सरकार आईसक्याछ हाम्लाई नि कार्वाहि हाेला भन्ने साेच नभाहाेकि हाम्लाई कल्ले के गर्छ भन्ने दम्भ हाे वायुसेवाले पहिले लिने गरेकाे भन्दा डेउढि र डबल भाडा लिएर उडान गरिरहेकाछन तर आँफुले केही थाहा नपाएकाे झैँ गरि प्राधिकरण प्रमुख सूचना हाल्छ र आफू पानी माथिकाे ओभानो बन्न खाेज्छ । हवाई भाडा बृध्दिका विषयाँ देशैभर बिराेध उठेकाे र १५ दिनदेखि बढेकाे भाडाका विषयमा यति धेरै कुरा उठदानि सरकारलेनि कुनै दृष्टि नदिएर वायु सेवा चालकहरुले मजाले पैशा कमाई रहेकाे र याे विषय कुनैदिन आन्दोलनकारीहरुकै कानमा पुगेर उनरले विषय उठान गर्याे भने अप्ठ्यारो आई पर्छकि भनेर हात्तिकाे देखाउने दाँत जस्तै याे सूचनालाई बनाईएकाेछ ।

भष्टाचारीकाे मतियार हिजाेकाे ओलि सरकारले नियुक्त गरेकाे र उनिहरुसितै खाए खेलेर हुर्किएकाे जिएमले वायु सेवाहरुले कमाउनु पर्नेजति पैशा कमाएर भ्याई सकेपछि हामीले त सूचना गरेकै हाैँ भनेर वर्तमान सरकारलाई बेबकुफ बनाउन खेलेकाे भूमिका आँफैमा गज्जबछ भने जति सुकै आन्दोलनकारीकाे सरकार भएनि भष्टाचार र दुईचार पैशा यिनका भागाँनि फाल्देछि यिनरुनि तहलागि हाल्छन भन्ने मन्साय प्राधिकरणले जसरि बनाएकाेछ छ यसले जसरि देशका ठूला नेता ओलि, देउवा,प्रचण्ड ,माधब र आर्जु कुनै हालतमा सुध्रिने संकेत देखाई रहेका छैनन त्यस्तै भष्टाचार गर्ने र गर्न दिने कुराबाट माथि नउठने संकेत प्राधिकरण प्रमुखले देखाई रहेकाछन । मान्छेले १५ दिनदेखि देशकाे कुनै पनि ठाउँमा जाँदा हिजाेकाे भन्दा बढि पैशा तिरेर जहाज चढि रहेकाछन त्याे कुरा सबैलाई थाहाछ काटिएका टिकट प्रमाणछन तर अरुलाई वेबकुफ बनाउने पर्यत्नस्वरुप सूचनामा “बढि रकम तिरेकाे पाईएमा ” भन्ने शब्दहालेर सूचना प्रकाशन गर्नुनै अँझ बदनियत छ भन्ने सजिलै बुझिन्छ । यदि प्राधिकरण गतिलाे मान्छेकाे हातमा रहेकाे भएत उसले वायु सेवाले वढि रकम लिएर यात्रु उडाएकाे भाेलिपल्टनै उडान शुल्क बढि लिएकाे प्रमाण जुटाएर वायुसेवा कम्पनिलाई कार्वाही गरि सक्थ्याे ।

तर नेपाली जनता भनम कि यात्रु भनम् यिनलाई जसरि चुतिया बनाएनि हुन्छ भनेर दशैंकाे दिन जसरि सूचना हालियाे यसले उनिहरुकाे भष्टाचार गर्ने नियतसँगै जनतालाई पनि मानमर्दन गरिएकाेछ भने भष्टाचारकै विरुद्ध बनेकाे सरकारलाई समेत चुनाैति दिईएकाेछ । अब याे चुनाैति स्विकार्ने वा भष्टाचारनै माैलाउन दिने दुबै सरकारकाे हातमा छ । हामी त जनता, जसले जे गर्छ त्याे चुपचाप बसेर हेर्ने बाहेक हामीसित उपाए छैन । हैन र ?

घुयँत्राे: “भाडा आकाश छुन थाल्दा, प्राधिकरणलाई जमिनमै निद्रा”

बर्दीयामा कडा सुरक्षाबीच भव्य दुर्गा प्रतिमा विसर्जन

Leave a comment

Your email address will not be published. Required fields are marked *