घुयँत्राे:” बिरसिक्का”

हैन ! के भा हुन के मान्छेहरु ! बाले सँधैजसाे ठट्टा र आफ्नै कुरा राख्छन अरुका कुरा सुन्दैनन् ,सँधै निजि स्वार्थ मात्र हेर्छन भन्दैमा आफ्नो सार्वभौम सत्तामाथि आँच आँउँदानि टुलुटुलु हेरेर बस्छन भन्ने त हैनन नि यार ! याे पटक त बाले चाईनिज राष्ट्रपतिलाई स्पष्टै भन्याछन है ” लिम्पियाधुरा,कालापानी र लिपुलेक ” नेपालकाे हाे यसाँ हामीलाई हेपेर किन भारत र तपाईंले हाम्राे जमिनबाट आफ्नाे ब्यापारिक नाका र बाटाे बनाउने सम्झाैता गर्नु भाे ? ती जमिन हाम्रा हुन हाम्रा रहन्छन भारत र चीनले गरेकाे सम्झाैताप्रति आपत्ति छ भनेर नेपालका प्रधानमन्त्रीले भनेछि चिनका राष्ट्रपति पनि नेपालकै पक्षमा देख्याछन है । धेरैले पत्याथेनन बाले प्रधानमन्त्रीका नाताले आफ्नो जमिनमा आफ्नो हक र अडान राख्लान भनेर ।

त्यसैले पनि बाले हिम्मतका साथ लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालकाे जमिन हाे हामी पनि सार्वभाैमसत्ता सम्पन्न मुलुक भएकाले हाम्राे अधिकारमा कसैले हस्तछेप गर्न पाउन्न ती जमिन हाम्रा हुन भन्नेकुरा हाम्रा सन्धि सम्झाैताले प्रष्ट पारेकाछन त्यसैले नेपालले आफ्नो जमिन एकसुत पनि छाेडनेछैन भनेर चिनियाँ राष्ट्रपति समक्ष राखेकाे कुराँ अर्थात आफ्नो सार्वभौम अधिकार र राष्ट्रियताका विषयाँ त नेपाली राजनीतिक दल, मिडिया,र विपक्षि दफहरुसमेत एक हुन पर्ने हैन र? तर यहाँका दलहरु जन्मजात विपक्षिकै खेलमा रमाउन खाेज्ने अनि ओलिलाई सरापेरै लाेकप्रियता कमाईन्छ भन्ने मानसिकतामा चलेका मिडिया र आँफूलाई खाेक्राे बाैध्दिकताकाे हुलमा उभ्याएर नाम कमाउन खाेज्ने बुध्दिजीवि भनाउँदाहरु प्रधानमन्त्री ले चिनियाँ राष्ट्रपति समक्ष राखेका कुरालाईनि नाईनास्ति गरेर झुठ र अफवाहकाे संज्ञा दिएर घाेक्राे सुकुन्जेल चिच्याकाे सुन्दा दिक्क लाग्याछ यार मलाई त ! हैन वाले हामी जनका समृद्धि र विकासका निम्ति शून्यै काम गर्या हाेलान ।देशलाई भष्टाचाराँ डुवाएर संसारमै १ नम्वरी भष्टाचारी मुलुक बनाहाेलान त्याे कुराँ म पनि सहमत छु तर प्रधानमन्त्री चीन गएर ऐले राष्ट्रियता र सार्वभौमिकताका विषयमा कुरा उठाएर जुन साहस देखाएका छन त्यसबारे सारा मुलुकले हाईहाई गरेर प्रधानमन्त्रीलाई स्यावासी दिई रहेका बेला आफ्नै देशका यीअधमरा राजनीतिकदल,वुध्दिजीवि र मिडियाकाेसँधैभरि उल्टाे बग्ने नीति देखेर दिक्क लाएर आयाे । अघिपछि राष्ट्र र राष्ट्रियताका गफ दिएर नथाक्ने यी स्वाँठ र बकलण्ठुहरुलाई अघिपछि जतिसुकै नेगेटिभ भएनि राष्ट्र र राष्ट्रियताकाे सवालमा एक हुनु पर्छ र यस्ताे बेलामा एकहुन सकियन भने अरुले हेप्छन भन्ने कुरा कल्ले बुझाई सिकाई गरिदिने हाेला । सत्तापक्ष, एमाले वा प्रधानमन्त्री अर्थात सरकारकाे विराेधिनै हुनु पर्छ । ओलि सत्ताँ गएदेखिनै देश तहस नहस पारे भन्ने हाे भनेनि त्याे विषयमा सरकार,प्रधानमन्त्री र एमालेका वीचमा बहस चलाउँ । सरकार गलतबाटाेमा हिँडदैछ सहि बाटाे त्याे हाेईन याे हाे भनेर त्यसमै हिँडाउने पर्यत्नमा सबै जुटम तर विदेशीले देशमाथि धावा बाेलेका बेला बल्ल खाईस भनेर कुम ठाेक्ने र आफ्नो देशकाे भूमि अर्काले हडपेकाे बेला हडप्न पाईन्न त्याे जमिन आफ्नो हाे भनेर हडप्नेमाथि देशकाे प्रधानमन्त्री ले आफ्ना कुरा राखेर हक जताउँछन भने त्यसलाई ईल्लिबिल्लि पार्नु पनि त भएननि ।

त्यसैले मेराे भनाई के भने ओलिबाले ऐलेसम्म गरेका सबैकाम अर्थात ९९ काम गलत गरेनि भारत र चिनले सम्झाैता गरेर ब्यापारिक नाका र बाटाे बनाउन लागेकाे लिपुलेक र लिम्पियाधुरा तिमरकाे जमिन हैन हाम्राे अर्थात नेपालकाे हाे यी हेर सम्झाैता भनेर देखाईदिनु र आफ्नो सार्वभौम सत्ता जाेगाई राख्ने कामद गर्न खाेज्नु त राम्रो हाे नि त्यसैले बाकाे याे कामलाई चाईँ सबैले समर्थन गर्नुपर्छ र राष्ट्रिय एकताकाे पर्दर्शन गर्नु पर्छ अनि मात्र भाेलिका दिनमा विदेशिले हेप्न र चेप्न पाउँदैनन । अँझै पनि हाम्राे अक्कलमा राष्ट्रियता र राष्ट्रिय एकताकाे मर्म घुसेन र हाम्राे आफ्नै बानी ब्यहाेरा यस्तै रह्याे भने भारतीय सरकारले सिमा चेप्ने अनि भारतीय पुलिसले बाेडरमा नेपाली पिटने काम कैल्यै राेकिने छैन । चेतना भया !

श्रीधर पौड्याल 

घुयँत्राे:” बिरसिक्का”

तिला- ३ काे वडा कार्यालय गरे स्थानीयले

Leave a comment

Your email address will not be published. Required fields are marked *