तिला- ३ काे वडा कार्यालय गरे स्थानीयले तालाबन्दी

गाेल्डेन बुढा

 जुम्ला ,१६ भदौ।
जुम्लाको तिला गाउँपालिकाका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।साेमबार दिउँसो ३ बजेर ४५ मिनेटमा तालाबन्दी गरेका हुन्।तिला – ३ मा पर्ने जोगीवडाकाे भारमुल राष्ट्रिय वनलाई सामुदायिक वन बनाउने विषयलाई लिएर विवाद बढेको छ।उक्त वनलाई वडा कार्यालयले दिएको सिफारिसविरुद्ध स्थानीयवासी आन्दोलित उत्रिएका छन्।मुनिनाथ योगीको नेतृत्वमा दर्जनौं जनाको समूहले वडा कार्यालयमा तालाबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले भारमुल राष्ट्रिय वनलाई सामुदायिक वन बनाउन सिफारिस दिएपछि स्थानीयहरू आक्रोशित भएकाे योगीले बताए।उनलेेभने,´वनलाई सामुदायिक बनाउने निर्णय स्थानीय सरोकारवाला निकायको सहमति बेगर एकतर्फी ढंगले गरिएको आरोप लगाइएको छ।भारमुल सामुदायिक वन तिला ३ दानीबाडा गाउँ स्थानीय बासीले संरक्षण गर्दै आइरहेको स्थानीय बताउँछन्।घटनास्थलमा प्रहरी चौकी कुडारीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबू रेग्मीले बताए।

तिला- ३ काे वडा कार्यालय गरे स्थानीयले तालाबन्दी

पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान

तिला- ३ काे वडा कार्यालय गरे स्थानीयले तालाबन्दी

घुयँत्राे:” बिरसिक्का”

Leave a comment

Your email address will not be published. Required fields are marked *