पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान सुरु हामी सक्दो सहयोग गर्छौं : नगरप्रमुख चौधरी

१६, भदौ २०८२

दाङ। नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले पत्रकारहरूको सुरक्षाका लागि १ करोड रुपैयाँ राशिको कल्याणकारी कोष स्थापना अभियान सुरु गरेको छ ।

महासङ्घको यसअघि गरिएको बैठकको निर्णय अनुरुप कोषमा रकम संकलनका लागि सहयोग अभियान सुरु भएको हो । जसअनुसार मुलुककै सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही उपमहानगरपालिकामा कोष स्थापनाका लागि पत्रकार महासंघले ज्ञापनपत्र बुझाएको छ ।

पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सहित पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको टोलीले घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीलाई भेट गरेर कोषमा रकम सहयोग गर्न आग्रह गरेको छ ।

निवर्तमान केन्द्रीय अध्यक्ष पोखरेल सहित पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्र ऋषि चौलागाई, महासचिव पाण्डव शर्मा, पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्षहरू दुर्गालाल केसी, सुदीप गौतम सहितका पत्रकारहरु उपमहानगरपालिका पुग्नुभएको थियो ।

नगर प्रमुख चौधरीले जोखिममा पर्न सक्ने पत्रकारहरूलाई मध्यनजर गरेर महासङ्घमा स्थापना गरिएको कल्याणकारी कोषको अवधारणा निकै प्रशंसनीय भएको बताउनुभयो । ” हिजोको लोकतान्त्रिक आन्दोलनदेखि मुलुक परिवर्तनका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको छ,” नगर प्रमुख चौधरीले भन्नुभयो, ” घोराही उपमहानगरपालिका पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाका लागि आफ्नो तर्फबाट सक्दो भूमिका खेल्नेछ ।”

महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरूको भौतिक र पेशागत सुरक्षा अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो ।

महासङ्घ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंले कल्याणकारी कोष स्थापनाका लागि तीन तहकै सरकार र अन्य सरोकारवाला पक्षहरूसँग सहकार्य गरिने स्पष्ट पार्नुभयो ।

महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले विगतदेखि नै घोराही उपमहानगरपालिका मिडिया मैत्री र साना लगानीका मिडियाहरूको प्रवर्द्धनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने स्थानीय तहको रुपमा स्थापित भएको बताउनुभयो ।

यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले लुम्बिनी प्रदेश समितिले प्रारम्भ गरेको कल्याणकारी कोष स्थापना सकारात्मक भएको उल्लेख गर्दै यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान सुरु  हामी सक्दो सहयोग गर्छौं : नगरप्रमुख चौधरी

अपडेट:१३ करोडको १८४ मेट्रिम टन स्याउ बोकेका

पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान सुरु  हामी सक्दो सहयोग गर्छौं : नगरप्रमुख चौधरी

तिला- ३ काे वडा कार्यालय गरे स्थानीयले

Leave a comment

Your email address will not be published. Required fields are marked *