एक सुत्केरीको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइयो

रुकुम पूर्वमा एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । सिस्ने गाउँपालिका–६ निवासी २८ वर्षकी सरस्वती डाँगी विष्टलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको हो ।
सोमवार रुकुम पूर्व अस्पतालमा आएकी विष्टको अप्रेसन गरेर बच्चा निकालिएको थियो ।
बच्चा निकालिसकेपछि पनि सालनाल नझरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिए ।
उनको बच्चा स्वस्थ जन्मिएको अस्पतालले जनाएको छ । तर, सुत्केरीको सालनाल नझरेको र रक्तस्राव पनि धेरै भएपछि सुर्खेत लैजानुपरेको हो ।






