सम्पादकीय: कोरोना त्रासभित्रको लुकेको व्यापार

बिगत केहि बर्षदेखी विश्वभरका मानिसलाई एउटा हाउगुजीले सतायो । जीवन कतिबेला समाप्त हुन्छ भन्ने त्रास विश्वस्वास्थ्य संगठन डब्लुएओमार्फत नै बिश्वभर त्रासको प्रचार गरियो । मानिस आफैमा पनि सत्य भन्दा पनि हल्लाको बढी बिश्वास गर्ने प्राणी हो ।
पहिलो कुरा त सत्य तिनलाईमात्र थाहा हुन्छ कि जो त्यो प्रकृयामा केन्द्रबिन्दुमा हुन्छन । सबैको पहुँच केन्द्रसम्म हुने कुरा पनि भएन । भएपनि सही भन्दा झुट छिटो फैलिन्छ । र विश्वास पनि त्यसैमा हुन्छ । एउटा भनाई छ नि सत्यले जुत्ता लगाउँदै गर्दा झुटले १० फन्का लगाईसकेको हुन्छ । जमाना जो प्रचारको छ ।
मानिसहरु आफ्नै घरमा स्वबन्धक बनेर डर, त्रास र जीवन समाप्तीको कल्पना गर्दै बस्न बाध्य भए । सोसल मिडियाको प्रयोग गरेर त्रासको थप वातावरण सिर्जना गरियो । मुटु कमजोर हुनेहरु कुरा सुनेरै मरे कतिजना त कतिजना जन्मेपश्चात मृत्यु साश्वत सत्य हो जे पर्छ सर्वस्विकार्य छ भनेर बसे । जसले मृत्युलाई साश्वत सत्य भनेर मुटु दरो पारे तिनलाई कोभिडले छोएन र केही असर परेन ।
जसले जीवन समाप्तीको प्रत्येक पलमा अदृश्य भय राखेर बसे तिनलाई अप्ठ्यारो भयो । रोग त केही न केही त पक्कै थियो तर बिरामी पर्ने बित्तिकै अब बाँचिन्न भनेर कमजोर मनोबल पारे तिनिहरु अस्पतालको शैयाबाट अप्ठ्यारो अवस्था पार गरेर डाक्टरले घर जान डिस्चार्ज लेखेका बिरामी पनि फ्याट्टै मृत्यु भएको पनि हामीले देख्यौं, भोग्यौैं । जसलाई बज्रपात पयो आफन्त गुमाए तिनलाई यो कोरोनाकाल प्रति कालो समयको संज्ञा नै दिए । आफन्त बियोगले आजिवन सताईरहनेछ ।
त्यसको कुनै शव्द छैनन कि यो कोभिड कहर होईन यो त स्वास्थ्य क्षेत्रका माफियाहरुले विश्वस्वास्थ्य संगठनमार्फत बिश्वलाई नै बन्धक बनाएर तेस्रो विश्वयुद्ध मानवनिर्मित भाईरस छोडेर गरेको आरोप लाग्ने गरेको छ ।
जसले बिश्वका ५ प्रतिशत धनिहरु थप धनि भए भने गरिबहरु झन झन गरिब हुँदै गए । एक समयमा एच.आई.भि÷एड्सको नाममा औषधी र भ्याक्सीन बेचेजस्तै खेल अहिले कोरोनाको नाममा स्वास्थ्य क्षेत्रका माफियाहरुले विश्व स्वास्थ्य संगठनमार्फत खेलेका छन् । १० वर्ष अगाडी स्वाईनफ्लुका नाममा संसारभर आतंक मच्चाएर त्राहीमाम अवस्था फेरी सञ्चारमाध्यम समेत प्रयोग गरेर विश्व हल्लाए ।
हरेक व्यक्तिवाट औषधी र खोपका नाममा आफ्नो व्यापार बृद्धि गरेर संसारका केहि प्रतिशत धनिहरु थप धनि बनेकाछन् । यो नेपालका कसले बुझ्ने ? कसले बुझाईदिने ? शक्तिमा भएका केही व्यक्ति र संस्थाहरुले बाहिरका व्यक्तिमाथी नदेखेरै नभेटेरै कसरी आफ्ना कुराहरु लागु गर्छन भन्ने एक ज्वलन्त उदाहरण हो यो कोरोना ।
पछिल्लो समयमा क्यान्सरबाट भर्खरका युवाहरु क्यान्सर भएको केही समयमै धेरै व्यक्तिको मृत्यु भएको छ । जसले क्यान्सरद्धारा आफन्त गुमाएका छन् तिनले आफन्तमात्र गुमाएका छैनन् । आफ्ना र आफ्नाहरुले जिन्दगीभर कमाएको सम्पत्ति पनि आफन्त बचाउने आशामा सकेर आफन्त पनि गुमाएका छन् ।
यसमा अदृश्य रुपमा कोभिड वा त्यसको खोपको असर हो कि अध्ययन, अनुसन्धान कसले गरिदिने ? दिर्घकालिन रुपमा यसले अब मानिसलाई नसर्ने रोगमार्फत धेरैको ज्यान जाने पो अवस्था आयो कि? न हाम्रोमा नियामक निकाय छ । न त भएका निकायले बैज्ञानिक आधार खोजेर प्रमाणीत गर्न सक्ने राज्यसंग हैसियत नै छ । किनकि विश्वस्वास्थ्य संगठनमार्फत बार्षिक बिभिन्न शिर्षकमा राज्यलाई आउने सहयोग जुन छ । त्यसैले जन्मपश्चात मृत्यु शाश्वत सत्य हो उताड–चडाव, उकाली–ओराली त छ नै त्यो बाहेकका हाउगुजीहरु कसैको स्वार्थको जाल हुन्छ ।






