जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका –४ गिडिखोला गाउँका अन्दाजी ३५ ÷३६ वर्षका कालिप्रसाद उपाध्यायको करेन्ट लागेको मृत्यु भएको हो ।
बुधवार करिब साढे ६ बजे तिर करेन्ट लागेको तातोपानी –४ का वडा अध्यक्ष अमरबहादुर रोकायाले बताए । उनका अनुसार उनी गिडिखोलामा संचालित २ सय ३० किलोवाट क्षमताको जाल्पादेवी विद्युत आयोजनाका सस्थापक कार्यरत अपरेटर थिए ।
उपाध्याय विद्युतको ट्रान्सफर्मरमा झुण्डिएको अबस्था स्थानीय देखेपछि थाहा पाइएको थियो।तत्काल एम्बुलेन्स पठाइ उपचारका लागि सदरमुकाम रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।






