दुल्लुमा वातावरणको एकाई बैठक सम्पन्न

दैलेख ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको २१ औ वार्षिक साधारण सभा अन्तर्गत एकाई नम्बर सातको एकाई बैठक आइतबार दैलेखको दुल्लुमा सम्पन्न भएको छ ।

सहकारी ऐन नियम अनुसार एकाई बैठकहरु मार्फत वार्षिक साधारण सभाहरु संचालन गर्नुपर्ने व्यवस्था भएबमोजिम एकाई नम्बर सात अन्तर्गत दैलेखका दुल्लु, चामुण्डा तथा डुंगेश्वर क्षेत्रमा रहेका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

सभाको उद्घाट सत्रमा बोल्दै दुल्लु नगरपालिकाका उपप्रमुख विना कार्कीले राज्यको तीनखम्बे अर्थ नीतिको एक महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारीहरुहरुले राज्यको आर्थिक विकासलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताईन् ।

उनले वातावरण संस्थाले पनि यस क्षेत्रमा आफ्नो जिम्मेवारी सफलताका साथ पुरा गरिरहेको बताएकि छन् ।

संस्था अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सभाको एकाई बैठकले संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले पेश गरेको संस्थाको चालु आर्थिक वर्ष २०८०-०८१ को ७ अर्व ८१ करोड ५२ लाख ८० हजार चार सय ३२ रुपैयाँ ७२ पैसाको संशोधित गरेको छ । साथै आगामी आर्थिक वर्ष २०८१-०८२ को ९ अर्व २५ करोड १८ लाख १० हजार चार सय ३२ रुपैयाँ ७२ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ ।

दुल्लुमा वातावरणको एकाई बैठक सम्पन्न

आर्मी हुँ भन्दै धम्क्याएर बालिका बलात्कार गर्ने

दुल्लुमा वातावरणको एकाई बैठक सम्पन्न

साना किसान उत्तरगंगाको २७ औं बार्षिक साधारणसभा