भूकम्पबाट मृत्यु भएका बालकको परिवारलाई दुई लाख रकम हस्तान्तरण

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ मा भूकम्पमा परि मृत्यु भएका नावाल वासु वुढाको घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय सल्यानले दुई लाख रकम राहत हस्तान्तरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, नगरप्रमुख कर्णवहादुर वुढाथोकि, उपप्रमुख पुरुषोतम आचार्य, कर्णाली प्रदेश कृषि तथा सहकारी मन्त्रि भिमप्रकाश शर्माका राजनीतिक सल्लाहकार कृतिवहादुर राना, वडा अध्यक्ष पुष्कर वुढा, सुरक्षा कर्मिकिको टोलि पिडितका घरमै पुगि मृतका वुवा नारायण वुढालाइ सो रकम हस्तान्तरण गरिएको हो ।
रुकुम पश्चिम आठविसकोट नगरपालिका १४ छेपारेमा मामा घर गएको समयमा यहि १७ गतेको राति भूकम्पका कारण उनी वसेको घर भत्तिएको थियोे । बालक वासुको मृत्यु भएका थियोे, भने आमा भद्रकला वुढा घाइते भएकि थिइन् ।
उपचार पछि उनको अवस्था सामान्य रहेको छ । जिल्ला प्रशासन कार्यालय, नगरपालिका, सुरक्षाकर्मी लगाएतको टोलि घरमै पुगि सरकारद्वारा प्रदान गरिएको मृतकका परिवारलाइ दुई लाख दिने भनिएको सो रकम हस्तान्तरण गरिएको छ ।
यस अघि नगरपालिकाले पनि काजकिरिया खर्च २५ हजार रुपैयाँ दिने जनाएको छ ।
भूकम्पका कारण बनगाड कुपिण्डे नगरपालिकालेले सबै वडा र टोलमा क्षेतिको विवरण संकलन गर्ने भएको छ ।
नगरको प्राविधिक कार्यालय प्रमुखको संयोजकत्वमा क्षेती विवरण संकलनका लागि समिति गठन गरेको छ । प्राविधिक शाखा प्रमुख महेश देवकोटाको संयोजकत्वम, रेडक्रसर सुरक्षा निकायलाई सो कामको जिम्मेवारी दिने कार्यापालिका बैठकले निर्णय गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाले अति प्राभाबित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पुगेर केही दिन अघि राहत सामग्री समेत वितरण गरेको थियोे ।





