भूकम्प प्रभावित क्षेत्रमा एमालेको बैठक

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको पदाधिकारी बैठकले जाजरकोट र रुकुमपश्चिमको आठबिसकोटमा बैठक गर्ने निर्णय गरेको छ । मंगलबार वीरेन्द्रनगरमा बसेको पदाधिकारी बैठकले भूकम्प पीडितलाई राहत, उद्धार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन पालिका स्तरमा बैठक गर्ने निर्णय गरेको हो ।

प्रदेश अध्यक्ष गुलाबजंग शाहका अनुसार कात्तिक २३ गते जाजरकोट र २५ गते बिहान रुकुम पश्चिमको आठबीसकोटमा बैठक हुनेछ । बैठकमा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी र सम्बन्धित पालिका कमिटी अध्यक्षको सहभागिता रहेनछ ।

प्रदेश अध्यक्षशाहले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण, पुनःस्थापनाका कामलाई सहयोग गर्ने उद्देश्यले बैठकको तयारी गरिएको बताए ।

‘बैठकमा सहभागीहुने सबै पार्टीका नेताहरुलाई भूकम्प प्रभावित बस्तीमा राहत वितरण, उद्धार र पुनःस्थापनाका कार्यमा जोड्नलाई बैठक बोलाइएको हो,’ उनले भने, ‘राहत र पुनःस्थापनाको काम स्थानीय पार्टी पंक्तिलाई सक्रियता पूर्वक सहभागी हुन निर्देशन गरिएको छ ।’ बैठकले जाजरकोट भूकम्पमा परी मृत्यु भएका नागरिक प्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा एमालेको बैठक

भूकम्पले जुम्लाका उपाध्यायको परिवारै विस्थापित