आज कर्णाली र सुदुरपश्चिममा चट्याङसहित हल्का बर्षाको सम्भावना

 

सुर्खेत । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ। देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार प्रदेश नं १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रवार प्रदेश नं १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन – चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यता शनिवार प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन -चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज कर्णाली र सुदुरपश्चिममा चट्याङसहित हल्का बर्षाको सम्भावना

कर्णाली प्रदेश अस्पतालले आईतबार विदा नदिने

आज कर्णाली र सुदुरपश्चिममा चट्याङसहित हल्का बर्षाको सम्भावना

सुर्खेतमा रक्सी खाएका प्रहरीबाट कुटिए मतदान अधिकृत,

Leave a comment

Your email address will not be published. Required fields are marked *