कर्णाली प्रदेश अस्पतालले आईतबार विदा नदिने

सुर्खेत । सरकारले जेठदेखी शनिवार र आइतबार दुई दिन विदा दिने निर्णय गरेर सूचना राजपत्रमा प्रकाशीत गरिसकेको छ । ‘लगातारको दुई दिनको विदाका कारण विकट ठाउँबाट आउने सेवाग्राही मर्कामा पर्ने देखिएको प्रवक्ता डा. केसीले बताउदै गरिव निमुखा विरामीहरुलाई थप आर्थिक भार पर्ने र समयमै सेवा नपाउँदा कठिनाइ हुने भएकाले आइतबार पनि अस्पतालले सेवा प्रवाह गर्ने जानकारी दिए ।
उनका अनुसार परीक्षणका रुपमा जेठ १ गतेदेखी आइतबार ओपिडी लगायत अन्य स्वास्थ्य सेवा विहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म यथावत रहने छ ।






