परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइन्छ : निर्वाचन आयोग

सुर्खेत । निर्वाचन आयोगले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाढका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ।’

 

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइन्छ : निर्वाचन आयोग

ध्यान दिनुहाेस्, यस्ताे गर्दा मतपत्र बदर हुन्छ

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइन्छ : निर्वाचन आयोग

नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण

Leave a comment

Your email address will not be published. Required fields are marked *