ध्यान दिनुहाेस्, यस्ताे गर्दा मतपत्र बदर हुन्छ

काठमाडाैं । पर्सि अर्थात् वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। सही तरिकाले मतदान नगरे मत बदर हुन्छ। यसकारण मतदान गर्दा केही कुरामा ध्यान दिनु जरुरी छ।

निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ। यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ।

मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुने गर्छ।

उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ।

कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरेमा मत बदर हुनेछ। निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा पनि मत बदर हुनेछ।

आयोगका अनुसार मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिकाभन्दा बाहिर राखिएमा र जाली मतपत्रको प्रयोग गरेमा मत बदर हुनेछ।

ध्यान दिनुहाेस्, यस्ताे गर्दा मतपत्र बदर हुन्छ

मुगुमा नेपाल टेलिकमको टावरमा तोडफोड

ध्यान दिनुहाेस्, यस्ताे गर्दा मतपत्र बदर हुन्छ

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइन्छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *