उपल्लो डोल्पाबाट म्यादी प्रहरीको शव दुनै ल्याउन समस्या, हेलिकप्टर माग गर्ने निर्णय

डाेल्पा । उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ ।
ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिल विकको लेक लागेर उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार मृत्यु भएको थियो ।
निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि दुनै ल्याउनका लागि लेक चढ्नु पर्ने भएकोले बोकेर ल्याउने अवस्था नभएको उनको भनाइ छ ।







