आर्थिक समृद्धिको लागि असल श्रम सम्वन्ध अपरिहार्य– श्रममन्त्री श्रेष्ठ

काठमाडौं, २८ माघ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध अपरिहार्य रहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन मन्त्रालयमा आएका एकीकृत ट्रेड युनियन महासंघका पदाधिकारीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिक बीचको अशल श्रम सम्वन्धको विकास गरी राष्ट्रिय उत्पादकत्व वृद्धी गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रमिकको माग सम्वोधन गर्ने क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रका सवै श्रमिकलाई सामाजिक सुरक्षा प्रणालिमा समावेश गर्न लागिएको, श्रमिकका लागि विशिष्टकृत अस्पताल निर्माण गर्न लागिएको तथा श्रम विभाग, श्रम कार्यालयहरु र रोजगार सूचना केन्द्रहरुको संरचनागत सुधार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

एकीकृत ट्रेड युनियन महासंघका पदाधिकारीहरुले श्रम ऐन संशोधन गर्नुपर्ने, श्रम तथा कारखाना निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने, न्याय प्रणालिलाई छरितो बनाउनूपर्ने, न्युनतम पारिश्रमिक प्रभावकारी कार्यन्वयन हुनुपर्ने सहित ११ बुंद्धे मागपत्र पेश गरेका थिए ।

आर्थिक समृद्धिको लागि असल श्रम सम्वन्ध अपरिहार्य– श्रममन्त्री श्रेष्ठ

सुर्खेतमा खुकुरी प्रहार, एक जना घाईते

आर्थिक समृद्धिको लागि असल श्रम सम्वन्ध अपरिहार्य– श्रममन्त्री श्रेष्ठ

सुरक्षित बैदेशिक श्रम बजारको आवश्यकता : श्रममन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *