निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह : मतदानकाे दिन बिदा दिनू

काठमाडाैं । निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ।

सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ।

स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको हो।

२५ वैशाखको मन्त्रिपरिषद् बैठकले देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

 

निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह : मतदानकाे दिन बिदा दिनू

स्थानीय तह निर्वाचन : आज मध्यरातिबाट मौन

निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह : मतदानकाे दिन बिदा दिनू

मौन अवधिमा के गर्न हुन्छ, के हुँदैन

Leave a comment

Your email address will not be published. Required fields are marked *