स्थानीय तह निर्वाचन : आज मध्यरातिबाट मौन अवधि सुरु हुने

स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु हुँदैछ।

मतदान ३० वैशाख अर्थात् शुक्रबार हुँदैछ। मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ।

आयाेगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन?

१.मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

२.निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

३.मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

४.एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

५.मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

स्थानीय तह निर्वाचन : आज मध्यरातिबाट मौन अवधि सुरु हुने

कालिमाटीमा एमालेको चुनावी घोषणापत्र: एक बर्षभित्र खरको

स्थानीय तह निर्वाचन : आज मध्यरातिबाट मौन अवधि सुरु हुने

निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह : मतदानकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *