मौन अवधिमा के गर्न हुन्छ, के हुँदैन ?

काठमाडाैं । आगामी शुक्रबार हुने स्थानीय निर्वाचनका लागि आज मंगलबार प्रचार प्रसारको अन्तिम दिन हो। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक लगायतले उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने अन्तिम दिन हो।

निर्वाचन आयोगले मौन अवधि पूर्ण रुपमा पालना गर्न सबैलाई अपिल गरेको छ। मौन अवधिमा राजनीतिक दल, नेता, उम्मेदवार, कर्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिंदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइने छैन। मौन अवधि सुरु हुनु भन्दा अगाडि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्ने छ।

यसबाहेक कुनै पनि बिधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। साथै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सुचना, वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न वा गराउन पाइने छैन।

मौन अवधिमा के गर्न हुन्छ, के हुँदैन ?

निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह : मतदानकाे

मौन अवधिमा के गर्न हुन्छ, के हुँदैन ?

कस्तो छ आजको मौसम ?

Leave a comment

Your email address will not be published. Required fields are marked *