एमसीसीविरुद्ध एकीकृत समाजवादीले फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २७ माघ ।
त्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए ।

फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ । फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो ।

एमसीसीविरुद्ध एकीकृत समाजवादीले फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

ज्वरो र रुघाखोकीले थलिदै गाउँ, विरामी कोभिड

एमसीसीविरुद्ध एकीकृत समाजवादीले फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

कर्णाली लोकसेवाले माग्यो ३७३ कर्मचारी

Leave a comment

Your email address will not be published. Required fields are marked *