आफ्नो विचारलाई बुझ्ने बुद्धिजीवि नेपालमै नभएको ओलीको दाबी !

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार बुझ्न सक्ने बुद्धिजीवी नेपालमै नभएको दाबी गरेका छन् ।एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन्,’उनले भने,‘मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न प¥यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’






