गाउँमा आएको अधिकार खोस्न लागिपरेकाहरू विरुद्ध गठबन्धन बनेको हो : प्रचण्ड

सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था परिवर्तनका लागि आफूहरू गठबन्धन बनाएर चुनावमा होमिएको बताएका छन्। सोमबार कालिकोटमा आयोजित चुनावी सभामा प्रचण्डले जनताको अवस्था परिवर्तन गर्न आफूहरू केन्द्रित भएको बताए।

उनले प्रतिगमन विरोधी, प्रतिक्रान्ति विरोधी, संविधान कुल्चने दुष्प्रयास गर्ने ‘ओली प्रवृत्ति’का विरुद्ध गठबन्धन बनेको पनि प्रस्ट पारे। देशका दलित, आदिवासी, जनजाति र महिला सबैले पाएको पहिचान उल्ट्याउने, गाउँ-गाउँमा पुगेको सिंहदरबारको अधिकारलाई फेरि फर्काएर काठमाडौं लैजाने षड्यन्त्र भएका कारण त्यसलाई परास्त गर्न गठबन्धन निर्माण भएको उनको तर्क थियो।

उनले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, देशमा समाजवादको आधार तयार पार्ने, समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्ने गठबन्धनको मूल उद्देश्य भएको पनि स्पष्ट पारे।

गाउँमा आएको अधिकार खोस्न लागिपरेकाहरू विरुद्ध गठबन्धन बनेको हो : प्रचण्ड

आफ्नो विचारलाई बुझ्ने बुद्धिजीवि नेपालमै नभएको ओलीको

गाउँमा आएको अधिकार खोस्न लागिपरेकाहरू विरुद्ध गठबन्धन बनेको हो : प्रचण्ड

समाज विकासका ऐतिहासिक चरणहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *