सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ

सुर्खेत, २६ माघ ।
लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पाँच जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–११ को प्रहरी चौकी सुव्वाकुना चेकपोष्टमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संकास्पद वस्तुसहित पाँच जनालाई पक्राउ गरिएको छ ।
सुर्खेत वीरेन्द्रनगर–११ वर्ष २२ को गौरव सुनार, वर्ष ४६ को लिलाराम पुरी, बर्ष २४ को महेश सुनारलाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा निजहरुको साथबाट प्लाष्टिकसहित ३००(तीन सय) मिलिग्राम र प्लाष्टिक बाहेक शुद्द २०० (दुई सय) मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
त्यसैगरी बुधबारनै वीरेन्द्रनगर–९ शान्ती टोल स्थित कर्णाली प्रदेश लागु औषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले वीरेन्द्रनगर–९ बस्ने वर्ष २५ को अजयसिंह चौधरी र वर्ष २५ को राजु गाईनलाई शंकास्पद रुपमा फेलापारी प्लाष्टिकसहित ३७० मिलिग्राम र प्लाष्टिक बाहेक शुद्द १६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरी नियन्त्रणमा लिई हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।






