एमालेको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम को को सहभागि हुन पाउने (सूचीसहित)

काठमाडौँ, २६ माघ ।
नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारी थालेको छ । मंगलबार एमालेले चुनाव केन्द्रित सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको हो । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।

सोमबार सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरे लगत्तै एमालेले कार्यक्रमको सूची सार्वजनिक गरेको हो । निर्वाचन केन्द्रित दुई दिने कार्यक्रमको उद्घाटन माघ २८ गते अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी हुने नेता तथा कार्यकर्ता सहभागी रहनुहुनेछ ।

को को हुन्छन् प्रशिक्षणमा सहभागी ?
–प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु
–प्रदेश कमिटी पदाधिकारीहरु
–प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु
–प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज÷सहइन्चार्जहरु
–प्रशेद अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु
–सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु
–नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख ।
–नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु
–पालिका पार्टी कमिटीका अध्यक्षहरु

प्रशिक्षणको समय तालिका र स्थान
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल/दाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

समय
पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म

एमालेको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम को को सहभागि हुन पाउने  (सूचीसहित)

७० लाख श्रमिकको सुविधाका लागि ‘श्रमिक अस्पताल’

एमालेको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम को को सहभागि हुन पाउने  (सूचीसहित)

समावेशी नभएको भन्दै कर्णाली सरकारविरुद्ध रिट दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *