भुतपूर्व जनमुक्ति सेना संगठित हुँदै

प्रचण्ड खत्री
रुकुम पश्चिम, २५ माघ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भुतपूर्व जनमुक्ति सेना नेपाल बाँफिकोट गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मण शाहीको अध्यक्षतामा आठ सदस्यको कार्यसमिति गठन गरेको छ । जसको सचिवमा नामबहादुर खत्री, कोषाध्यक्षमा खिमा डाँगी चयन भएका छन् ।

समितिले शेरु बिकको संयोजकत्वमा ३ सदस्य सल्लहाकार समिति गठन गरेको छ । जसको सदस्यमा शौरब केसी र रिता बाठा रहेका छन् । पालिकामा सबै संठनका भेला, सम्मेलन भैरहेको र सोही अनुसारनै पूर्ण जनमुक्ति सेनाको भेला आयोजना गरिएको नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।

भेलाले प्रत्येक वडामा संगठन बिस्तार गर्ने र भुतपूर्व जनमुक्ति सेना नेपालका आवाजहरु स्थानीय स्थरदेखि उठान गर्ने निर्यण गरेको बताएको छ । गठन कार्यक्रममा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य चन्द्रबहादुर शाही, नेकपा माओबादी केन्द्रका लोकप्रिय नेता महेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

भुतपूर्व जनमुक्ति सेना संगठित हुँदै

अबको एक महिनाभित्रै सुर्खेतमा लालपूर्जा वितरण गर्ने

भुतपूर्व जनमुक्ति सेना संगठित हुँदै

सबैभन्दा ठुलो आईपीओे फागुन ४ गतेदेखि निष्कासनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *