यूएईमा अलपत्र सुर्खेतका थापा, जाजरकोट रानासहित आठ जनाको उद्दार

काठमाडौं, २५ माघ ।
भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएइ) मा अलपत्र परेका सुर्खेतका एक जनासहित आठ जनाको उद्दार गरिएको छ । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका उनीहरू सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।

भिजिट भिसामा यूएई पु¥याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाईं गरेका छन् ।

यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही सात लाख ५० हजारका दरले रकम लिएर यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले पक्राउ गरेको थियो ।

यसैगरी केही समयअघि साउदी अरेवियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्काइएको छ । नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई सोमबार स्वदेश फिर्ता गरिएको श्रम काउन्सेलर शत्रुधन पोखरेलले जानकारी दिए ।

यूएईमा अलपत्र सुर्खेतका थापा, जाजरकोट रानासहित आठ जनाको उद्दार

रङ्ग र यौनिकता

यूएईमा अलपत्र सुर्खेतका थापा, जाजरकोट रानासहित आठ जनाको उद्दार

अबको एक महिनाभित्रै सुर्खेतमा लालपूर्जा वितरण गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *