दैलेखकाे नाैमुलेमा वडा कार्यालयमा कांग्रेसको झण्डा

दैलेख । यहाँकाे नौमूले गाउँपालिकाको एक वडा कार्यालयमा पार्टीको झण्डा राखेको पाइएको छ।

वडा नम्बर ३ को कार्यालयमा नेपाली कांग्रेसको झण्डा राखेको पाइएको हो।

स्थानीय निर्वाचन आचारसंहितामा सार्वजनिक स्थानमा कुनै पनि पार्टीको झण्डा राख्न नपाइने उल्लेख छ।  निमित्त वडासचिव कर्णबहादुर तारामीले राति कसैले वडा कार्यालयमा पार्टीको झण्डा राखेको स्वीकार गरे। ‘वडा कार्यालय भाडाको घरमा बसेको छ, कसैले राति आएर पार्टीको झण्डा राखेछ, थाहा पाउने बित्तिकै हटायौँ’, उनले भने।

जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले निर्वाचन आचार संहिताविपरीत वडा कार्यालयमा कुनै पार्टीको झण्डा राख्नु गलत भएको बताइन्। दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले वडा कार्यालयमा पार्टीको भण्डा टाँग्नु गलत भएको प्रतिक्रिया दिए। ‘वडा कार्यालयमा कुनै पार्टीको झण्डा राख्न पाइँदैन, उनले भने, ‘झण्डा तत्काल हटाउन लगाउँछु।’

दैलेखकाे नाैमुलेमा वडा कार्यालयमा कांग्रेसको झण्डा

रुकुम पश्चिममा ६ मध्ये चार पालिकामा कांग्रेस–एमाले

Leave a comment

Your email address will not be published. Required fields are marked *