कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ । अधिवेशनको १७ औं बैठक गएको चैत्र २१ गते सोमबार बसेको थियो ।

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सम्पादकीय : टुक्रे योजनामा रमाउने कर्णाली

Leave a comment

Your email address will not be published. Required fields are marked *